काठमाडौं । नेपाली कांग्रेसले फागुन १० गते बिहीबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।
बिहीबार विहान ९ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी बैठक बस्ने जानकारी दिएका हुन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति २९ सदस्यी छ ।
फागुन २१ गते संसद बैठक आह्वान गरिएको छ । कांग्रेसले संसदीय दलको नेता चयन गर्न बाँकी नै छ । दलको नेतामा सभापति शेरबहादुर देउवा र प्रकाशमान सिंहले चासो देखाएका छन् ।
काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...
काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...
काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...