पाकिस्तानको सर्वाेच्च अदालतको फैसला पछि प्रधानमन्त्रीबाट राजिनामा दिएका नवाज शरीफ पार्टीको नेतृत्व समेत अयोग्य ठहरिएका छन् । सर्वाेच्चले शरीफलाई पार्टीको नेतृत्व गर्न अयोग्य ठहर गरेको हो । पार्टी अध्यक्ष पदमा रहँदा नवाज शरीफले गरेका निर्णयहरु पनि अमान्य रहेको सर्वोच्चले ठहर गरेको छ । नवाज शरीफ सत्ताधारी पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) का संस्थापक हुन् ।
पार्टीको अध्यक्ष पदमा अहिले उनी छन् । सर्वोच्चले पनामा पेपर लिक्स प्रकरणमा दोषी ठहर गर्दै सरकारको नेतृत्व गर्न अयोग्य रहेको फैसला गरेपछि गत वर्ष जुलाई महिनामा नवाज शरीफले प्रधानमन्त्री पद त्यागेका थिए । तर, उनले पार्टीको नेतृत्व भने त्यागेका थिएनन् । सर्वोच्चको पछिल्लो फैसलाले आगामी महिनामा हुन लागेको संसदीय चुनावलाई लिएर अनिश्चयको वातावरण बनेको बताइएको छ ।
शरीफले आफूविरुद्ध राजनीतिक षडयन्त्र भइरहेको दावी गर्दै आएका छन् । तल्लो सदन नेशनल एसेम्ब्लीमा नवाजको पार्टीको बहुमत छ । आगामी चुनावबाट पनि संसदमा उनकै पार्टीले बहुमत ल्याउने अनुमान गरिँदै आएको बेला सर्वोच्चको पछिल्लो फैसलाले आगामी चुनावलाई लिएर अन्यौलता बढेको छ ।
सिड्नी : अस्ट्रेलियाको सिड्नीको बोन्डीबीचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले...
वासिङ्टन डीसी : अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरी देखि ८५ हजार जनाको...
काठमाडौं। इन्डोनेसियामा चक्रवाती तुफानका कारण भएको अत्यधिक वर्षामा परी हालसम्म मृत्यु हुनेको संख्या ५०२ पुगेको छ ।‘चक्रवात सेन्यार’ तुफानका कारण इन्डोनेसियामा विनाशकारी बाढीपहिरोमा...