काठमाडौं । आउँदो चैत्र ८ बाट शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधवार परीक्षाको तयारी पूरा भएको जनाएको छ । परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका सबै जिल्ला पठाउने काम सकिएको कार्यालयले जनाएको छ ।
यसवर्ष नियमिततर्फ चार लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार गरी कुल चार लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । परीक्षाका लागि देशभरमा एक हजार ९ सय ५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । बिहान ८ देखि ११ बजेसम्म परीक्षा हुनेछ । परीक्षामा एक हजार ९ सय ५६ केन्द्राध्यक्ष, तीन हजार ९ सय १२ सहायक केन्द्राध्यक्ष र २३ हजार निरीक्षक परिचालन हुने जनाइएको छ ।
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...