सर्वोच्च बारको नयाँ नेतृत्वको लागि मतदान सम्पन्न – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

सर्वोच्च बारको नयाँ नेतृत्वको लागि मतदान सम्पन्न


नयाँ विकल्प,
काठमाडौं – सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिको नेतृत्व चयनका लागि आज शनिबार मतदान सम्पन्न भएको छ ।

निर्वाचनमा प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गरेका छन् ।

प्रमुख निर्वाचन अधिकृत राजु खड्काका अनुसार सर्वोच्च बारमा भौतिक दूरी कायम गरी मतदान सम्पन्न भएको थियो । मतदान प्रक्रिया दुई बजे सम्पन्न भएको थियो । कोभिडको संक्रमण भएको सदस्य भएमा २ः३० बजे लाइनमा नबसीकन सिधैँ मतदान गर्ने व्यवस्था गरिएको थियो ।

सर्वोच्च बारको सदस्यका हुनका लागि कम्तीमा १० वर्ष कानून व्यवसायीका रूपमा काम गरेको हुनुपर्दछ । सर्वोच्च अदालतबाट कम्तीमा सातवटा फैसला भएको व्यवस्था रहेको छ । उक्त बारमा सदस्य जम्मा ६०५ कानूनी व्यवसायी रहेका छन् । सर्वोच्च बारले मत माग्दै प्रचारप्रसारका सामग्री बाँड्ने काममा पनि प्रतिबन्ध लगाएको थियो ।

सम्बन्धित समाचार

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ पुष ४, १६: ०६

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ पुष ४, १६: ०६

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०७७ पुष ४, १६: ०६

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...