स्थानीय पाठय्क्रम लागू गर्दै नागार्जुन नगरपालिका – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

स्थानीय पाठय्क्रम लागू गर्दै नागार्जुन नगरपालिका

नयाँ विकल्प

काठमाडाैं-नागार्जुन नगरपालिकाले स्थानीय पाठय्क्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । शैक्षिकसत्र २०७८ देखि नगरपालिकाले स्थानीय पाठय्क्रमलाई लागू गर्ने जनाएको छ ।

स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिकको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले स्थानीय पाठय्क्रम तयार गरी कार्यान्वयनमा ल्याउने भएको शिक्षा शाखा प्रमुख कृष्णबहादुर कुँवरले बताए ।

एक सय पूर्णाङ्कको सो पाठय्क्रममा स्थानीय संस्कृति, जनजीवन, भूगोल, मौलिक विशेषता, पहिचानलगायतका सम्पूर्ण पक्षलाई समेटेर पुस्तक तयार गरिएको नगरपालिकाले जनाएको छ । उक्त पुस्तकको नाम ‘हाम्रो नागार्जुन’ रहेको छ । विद्यालयका शिक्षक, स्थानीयवासी र जनप्रतिनिधिबीच छलफल तथा सहमति भई राय सुझावसहित पाठय्क्रम तयार गरिएको बताइएको छ ।

हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा एक सय पूर्णाङ्कको स्थानीय पाठय्क्रम पढाइ गरिने जनाएको छ । नगरपालिकामा ५१ संस्थागत र १९ सामुदायिक विद्यालय गरी ७० विद्यालय छन् ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ पुष ४, १७: ०८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ पुष ४, १७: ०८

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ पुष ४, १७: ०८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...