शिक्षक संघमा राजेन्द्रराज पौडेल – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

शिक्षक संघमा राजेन्द्रराज पौडेल

काठमाडौं । नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघको आठौं राष्ट्रिय महाधिवेशन हिजो राजधानीमा सम्पन्न भयो । उक्त माहाधिवेशनबाट राजेन्द्रराज पौडेल अध्यक्ष पदमा विजयी भएका छन् ।

उनले आफ्ना निकटम प्रतिस्पर्धी केशव निरौलालाई हराउँदै विजयी भएका हुन् । त्यसैगरी महाअधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा यम.पी भुसाल निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा भने पद्धमिनी थापा विजयी भएकी छिन् । हिजो सम्पन्न महाधिवेशनबाट उपाध्यक्ष पदहरुमा तिलक बहादुर कटुवाल, गंगा प्रसाद यादव, प्रेम प्रसाद भट्टराई, भरत प्रसाद लम्साल, अमरबहादुर खड्का, जनक बहादुर सिंह र पदमराज अधिकारी विजयी भएका छन् ।

तीमध्ये कटुवाल र यादव निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी, महासचिवमा सोमनाथ गिरी, महासचिव (अर्थ) मा पुष्पकला भट्टराई, उपमहासचिवमा सुन्दर पन्त, उपमहासचिव (महिला) धनकला भण्डारी, उपमहासचिव (अर्थ) मा वाङ्जुङ लामा, उपमहासचिव (समावेशी) मा नुर मोहम्मद मियाँ र उपमहासचिव (कर्णाली) मा भगवती श्रेष्ठ विजयी भएका छन् । उपमहासचिवमा निर्वाचित सुुन्दर पन्त यस नयाँ विकल्प साप्ताहिकमा लामो समयसम्म आबद्ध रहेका थिए । उनी लगायत सम्पूर्णलाई शुभकामना दिँदै सफल कार्यकालको कामना गर्दछौं ।

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०७४ चैत्र ५, ०८: १०

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७४ चैत्र ५, ०८: १०

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७४ चैत्र ५, ०८: १०

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...