भाग नपुग्दा मन्त्रालय भताभुंग – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

भाग नपुग्दा मन्त्रालय भताभुंग

काठमाडौं । वामगठबन्धनको बहुमत हुँदाहुँदै पनि ओली सरकारले गणितीय हिसाब किताबलाई जोगर्ने उद्देश्यले अधिकार सम्पन्न संघीय पुनः संरचना आयोगको प्रतिवेदनलाई लत्याई दिएको छ ।

संघीय संसदमा समेत २ तिहाई पु¥याई सकेको ओली सरकारले पटक पटक मन्त्रालय फुटाउदै अब २१ मन्त्रालय पु¥याएको छ । संसदको राज्यव्यवस्था समितिबाट पास भएर आएको १५ मन्त्रालयलाई यस भन्दा अगाडि १८ मन्त्रालय राख्ने सहमति भएपनि ओलीले फुटाएर पुनः १५ बाट २१ पु¥याएका छन् ।

प्रधानमन्त्री के.पी शर्मा ओलीले शक्तिशाली रुपमा प्रधानमन्त्रीका रुपमा टिकिरहनु मधेश केन्द्रीत दलहरुलाई फकाएर सरकारमा सामेल गराउने राणनीति अनुसार संघीय समाजवादी फोरम नेपाल उपेन्द्र यादवको पार्टीलाई सरकारमा ल्याउने तयारी लगभग पक्का जस्तो भएको बुझिन्छ ।

फोरमलाई २ मन्त्रालय दिने तयारी भएको बुझिएको छ । जस अनुसार हाल प्रधानमन्त्रीसँग रहेको २ मन्त्रालय स्वस्थ्य र शहरी विकास मन्त्रालय उपेन्द्र यादवको पार्टीलाई दिएर २ जना मन्त्री र १ जना राज्यमन्त्री थपेर मन्त्रीमण्डललाई पूर्णता दिने तयारीमा ओली रहेको बुझिएको छ । जसअनुसार अहिले रहेका २२ जना बाट २५ सदस्यीय मन्त्रीमण्डल हुनेछ ।

वर्तमान मन्त्रीमण्डल १८ मन्त्री ४ राज्यमन्त्री रहेको छ । जसमध्ये सूचना तथा सञ्चार राज्यमन्त्री गोकूल बाँस्कोटालाई क्याबिनेट मन्त्री बनाइएको छ भने अन्य तीन जना राज्यमन्त्रीहरुलाई पूर्ण जिम्मेवारी दिइएको छैन । शुक्रबार तेस्रो पटक विस्तार गरिएको मन्त्रीमण्डलमा सामेल हुने भनिएको संघीय फोरम नेपालका उपेन्द्र यादवको पार्टीभित्र मन्त्री बन्ने कुरामा कुरा नमिलेपछि फोरमलाई मन्त्रालय छुट्याएर राखिएको छ ।

फोरमभित्र अध्यक्ष उपेन्द्र यादव मन्त्रीमण्डलमा आउन नपाउने भएका कारण अन्य नेताहरुबाट छान्नुपर्ने भएपछि कसलाई बनाउने भन्ने विवाद चर्किएको छ । यस भन्दा अगाडी उपेन्द्र यादव उपप्रधान तथा परराष्ट्रमन्त्री भइसकेका हुँदा उनले पुनः उपप्रधानमन्त्री पद नपाउने भएका हुन् । बलियो र पावरपूmल मन्त्रालय आप्mनालाई दिएर खाली आपूm अब शक्तिशाली बन्ने दाउमा ओलीले फोरमलाई बाँकी रहेको मन्त्रालयलको ललीपप देखाएर सरकारमा सामेल गराउने चक्करमा छन् ।

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०७४ चैत्र ५, ०८: ३३

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७४ चैत्र ५, ०८: ३३

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७४ चैत्र ५, ०८: ३३

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...