काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा लौहपुरुष गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंहले पार्टीको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सर्मनाक हार हुनुको पछि सभापति शेरबहादुर देउवाका साथै नेता रामचन्द्र पौडेलको समेत हात रहेको खुलासा गरेका छन् ।
तीन वटै तहको निर्वाचनमा पार्टीले पराजय बेहोर्नु पर्नाको मुख्य दोषी पार्टी सभापति शेरबहादुर देउवा मात्र हो भनेर सडक, सञ्चार र संगठन भित्र आरोप लगाउँदै आएका पार्टी बरिष्ठ नेता रामचन्द्र पौडेल र उनका गुटका केन्द्रीय सदस्यहरुले पूर्वमहामन्त्री प्रकाशमान सिंह ऐतिहासिक तर तथ्यपूर्ण धारणा सुनेपछि देउवाबिरुद्ध एक शब्द पनि खर्चिन हिच्किचाएका छन् । नेता प्रकाशमान सिंहले पार्टीले निर्वाचनमा पराजित हुनुको पछि पहिलो दोषी र कमजोरी पार्टी सभापति शेरबहादुर देउवाको भनेर किटान गरेका छन् भने त्यसपछिको जिम्मेवारी पार्टी बरिष्ठ नेताले लिनु पर्ने घुमाउरो भाषामा ब्यक्त गरेका छन् ।
देउवाबिरुद्ध बिष बमन गर्न तम्तयार भएर बसेका प्रखर वक्ताहरु प्रकाशमानको अभिब्यक्ति पछि छक्क परेका छन् । केन्द्रीय दस्यहरु नविन्द्रराज जोशी, दिलेन्द्रप्रसाद बढु र कल्याण गुरुङ जस्ता नेताले समेत सभापति देउवाको कार्यशैली र व्यवहारका कारण निर्वाचनमा पराजय बेहोर्नु परेको भनेर बोल्न समेत सकेनन् । उनीहरुले केवल महासमिति बैठक मात्र बोलाउन माग गरेर महासमिति बैठकमा के के प्रस्ताव लैजाने भनेर समेत ति नेताहरुले प्रस्ताव तगार गर्न सकेनन् ।
नेता प्रकाशमान सिंहले संविधानसभाबाट संविधान जारी गर्ने ऐतिहासिक भुमिका खेलेको तत्कालिन पार्टी सभापति शुशील कोइरलालाई एमालेसँगको सहमति बिपरित प्रधानमन्त्रीमा उम्मेदवार बनाउनेहरु नैं दोषी भएको ठहर सिंहको छ । उनले एमालेलाई प्रधानमन्त्री सहयोग गरेर कांग्रेसले राष्ट्रपति पद नलिनु र दलिय सहमति तोड्नाले कांगे्रसको क्षविमा धब्बा लागेको वताएका छन् । उनले कांग्रेस आजको दुखद घडिमा प्रवेश गरेको नै सोही घटनाबाट हो भन्दै एमालेसँग भएको समझदारी तोड्नु भूल थियो भनेका छन् । २०७२ साल असोज ३ गते संविधान जारी गर्न भूमिका खेल्ने तत्कालिन पार्टी सभापति एवम् प्रधानमन्त्री शुशील कोइरलालाई एमालेसँगको सहमति तोड्दै प्रधानमन्त्रीमा पुन उम्मेदवार बन्न शेरबहादुर देउवा प्रस्तावक र रामचन्द्र पौडेल समर्थक भएर उम्मेदवारी पेश गरेका थिए ।
सिंहले भरतपुर महानगरपालिकामा कांग्रेसका उम्मेदवारलाई उम्मेदवारी झिक्न लगाएर माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल उम्मेदवार बनाउनु पार्टीको अर्को गम्भिर भूल भएको आरोप लगाएका छन् । त्यसवेला कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरमा दिनेश कोइरालालाई उम्मेदवार बनाए पनि पछि प्रचण्डकी छोरी रेणुलाई समर्थन गरेको थियो । सभापति देउवाको एकल निर्णयलाई त्यसवेला बरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गरेका थिए ।
नेता सिंहकै जस्तो अभिव्यक्ति अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको पनि थियो । उनले सभापति शे्बहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेलसँग मिलेर पार्टी कब्जा गर्न मात्र खोजेको भन्दै मुलुकलाई कम्युनिष्टले कब्जा गर्न खोजे पनि ध्यान नदिएको वताए । सिटौला र सिंह दुवैले सभापति देउवाको कार्यशैलीको सप्रमाण कमजोरी र त्रुटि औल्याएपछि कु्नै पनि केन्द्रीय सदस्यले शुक्रबारको बैठकमा बोल्न समेत मानेका थिएनन् । सिंह, सिटौला र डा. नारायण खड्का बैठकमा बोलेपछि कुनै पनि केन्द्रीय सदस्यले बोल्ने इच्छा देखाएका थिएनन् ।
बैठकमा सिटौलाले चुनावको समिक्षा भनेर बैठक बोलाए पनि पदाधिकारीबाट चुनावी समिक्षाका सम्वन्धमा प्रतिवेदन नपाएकोमा दुख व्यक्त गरे । चुनाव भएको चार महिनापछि पनि प्रतिवेदन ल्याउन नसकेर पदाधिकारीले असक्षमता देखाएको भन्दै उनले संविधान घोषणा हुन नदिने ठूलो दबाबका बाबजुद संविधान जारी भएपनि सत्ता समिकरणको खेलकामा नेतृत्वले गम्भिर त्रुटि गरेको आरोप लगाए । उनले भने ‘जहाँबाट शुशील कोइराला प्रधानमन्त्री उठ्नु भयो। उम्मेदवार उठाईयो। त्यहीबाट कांग्रेसलाई ठूलो क्षति भयो ।’
शुशील कोइरालालाई प्रधानमन्त्रीमा उठाउन शेरबहादुर देउवा प्रस्तावक बस्ने र रामचन्द्र पौडेल समर्थक बस्ने कामले कांग्रेसलाई कमजोर बनाएको भनेका थिए । उनले कमल थापाको राप्रपालाई उपन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई र महन्थ ठाकुर नेतृत्वको राजपालाई कांग्रेसले सघाए पनि उनीहरुले हाम्रा उम्मेदवारलाई हराउन लागेको घटनालाई सभापतिले बुझ्न नसकेको वताए । ‘चुनाव व्यवास्थापनमा र निर्णयप्रक्रियामा त्रुटि भयो। संसदीय वोर्ड, केन्द्रीय सम्पादन समिति ठूलो र बिधान बिपरित गठन गरियो’ उनले भने ‘समानुपातिकको लिष्ट संसदीय समितिकै साथिहरुलाई देखाइएन। मापदण्ड र विधान विपरित समिति बनाइयो। काग्रेस कार्यकताको मनोवल गिराउने काम गरियो।’
सामन्ती राणा शाशन, भूमिव्यवस्थाको अन्त्य भए पनि कांग्रेस भित्र सामन्ती संस्कारको अन्त्य नभएको सिटौलाको आरोप थियो । उनले पार्टी भित्र नातावाद, कृपाबाद, पैशाबाद छ भनेर आलोचना हुने गरेको बताए । बेथितिको पराकाष्टा निम्त्यायने शेरबहादुरजी र रामचन्द्रजी भएको भन्दै उनले पदाधिकारी मिलेर पार्टी कब्जा गर्न सके पनि बामपन्थीको कब्जाबाट मुलुकलाई भने छुटकारा दिलाउन नजक्ने जिकिर गरे ।
केन्द्रीय सदस्यमा मनोनित भए पछि पहिलो पटक पार्टी केन्द्रीय कार्य समिति बैठकमा उपस्थित भएका नेता नरहरि आचार्यले समेत कांग्रेसले आफ्ना एजेण्डाहरुलाई जनतामाझ स्पस्ट पार्न नसकेको वताए ।
कांग्रेस लोकतान्त्रिक गठबन्धन गरेर निर्वाचनमा लडेको भने पनि कांग्रेस एक्लै चुनावमा लडेको जिकिर गरे । उनले सभापति देउवाप्रति लक्षित गर्दै पार्टी विधान बमोजिम संगठनलाई पूर्णता दिन र संविधान बमोजिम संघीय संरचनामा पार्टीलाई लैजानको लागि तत्काल महासमिति बैठक बोलाउन आग्रह गरे ।
काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...
काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...
काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...