काठमाडौं । नेपाली कांग्रेस निकट कर्मचारी संघको ७औं महाधिवेशनबाट गोपाल पोखरेल निर्वाचित भएका छन् । जसअनुसार उनका प्रतिस्पर्धी राजेन्द्र बुढाथोकीले २५४ मत पाएर निकट प्रतिस्पर्धी रहे भने विजयी हुने गोपाल पोखरेल २८४ मत पाई विजयी भए । कर्मचारीको सातौं राष्ट्रिय महाधिवेशन दुई दिनसम्म अघिल्लो हप्ता चितवनमा सम्पन्न भएको थियो ।
उद्घाटन समारोहमा नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा लगायत वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मालगायत कांग्रेसका केन्द्रीय सदस्य एवम् भातृ तथा शुभेच्छुक संस्थाहरुका प्रमुखहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । उक्त सातौं राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
जसअनुसार अध्यक्ष गोपालप्रसाद पोखरेल, वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, महासचिव, सुवाष कुमार कोइराला, उपमहासचिवहरुमा दुर्गा फुँयाल र यज्ञ अर्याल, सचिवहरुमा शंकर पाण्डे, नवराज जैसी, जनक रावल, यज्ञ ओली रहेका छन् भने जनजाती÷मधेशी सचिवहरु १÷१ जना निर्वाचित भएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा धर्मेस गौतम निर्वाचित भएका छन् । त्यसैगरी प्रदेश उपाध्यक्षहरुमा प्रदेश नं. १ मा दिकेन्द्र खत्री, २ राजकिशोर राउत, ३ टेकनारायण काप्mले, ४ शिवशर्मा अधिकारी, ५ मदन गौतम, ६ नृपजंग शाही र ७ मा नारायण शर्माले जित हात पारेका छन् । यसरी ८५ सदस्यीय कार्यसमितिमा प्रत्येक प्रदेशबाट २÷२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने समावेशी सिद्धान्त अनुसार महिला, दलित, आदिवासी, जनजाति केन्द्रीय सदस्य समेत निर्वाचित भएर आएका छन् ।
कांग्रेसभित्र गुटउपगुट अन्त्य गर्न कम्मर कसेर लागेका कर्मचारी युनियनका नेता तथा कार्यकर्ता अब कुनै हालतमा पनि पार्टीभित्र गुटउपगुटलाई प्रसय नदिने निष्कर्षमा पुगेको एक निर्वाचित पदाधिकारीहरुले नयाँ विकल्प साप्ताहिकलाई बताए ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...