बागडोग्राहुँदै दिल्ली जान खोजेका पूर्वराजा ज्ञानेन्द्रलाई दूतावासले अनुमति दिएन – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

बागडोग्राहुँदै दिल्ली जान खोजेका पूर्वराजा ज्ञानेन्द्रलाई दूतावासले अनुमति दिएन

नयाँ विकल्प,

काठमाडौं – पछिल्लो विकसित राजनीतिक घटनाक्रमबाट उत्साहित पूर्वराजा ज्ञानेन्द्र शाह मित्र राष्ट्र भारतको भ्रमणमा जाने तयारीमा छन् ।

तर, नेपालस्थित भारतीय दुतावासले हाललाई भारत भ्रमण स्थगित गर्न भनेको छ । भारतीय दूतावाससँग समन्वय गरेर भारत भ्रमणको तयारीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञावली लागि परेकाले पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमण केही लम्विएको हो । अंग्रेजी नयाँ वर्ष २०२१ लगत्तै नयाँ दिल्ली जाने योजनामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह गत पुस १२ गतेदेखि नै सँधै जस्तै जाडो छल्न झापाको दमकस्थित हिमालय गुडरिकमा गएका छन् ।

आफ्नो निजी चिया बगानको निवासमा बस्दै आएका ज्ञानेन्द्र कहिले दिल्ली जाने भन्ने मिति निश्चित गर्न सकेका छैनन् । नयाँ वर्ष झापामै मनाइ रहेका ज्ञानेन्द्रले यसैसाता पूर्वरानी कोमल शाहलाई पनि झापा बोलाउने पूर्वतयारी थियो । गत साता आईतबार भद्रपुर एयरपोर्ट उत्रिएका पूर्वराजा ज्ञानेन्द्र भारतको पश्चिम बंगालस्थित बागडोग्रा अन्तराष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली जाने योजनामा छन् ।

झण्डै दुई तिहाई बहुमत प्रतिनिधिसभाका सदस्यको समर्थनमा प्रधानमन्त्री बनेका सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रको आन्तरिक किचलो र दबाबलाई सामना गर्न प्रतिनिधिसभा भङ्ग गरेसँगै पूर्वराजा ज्ञानेन्द्र गणतन्त्रप्रति नागरिकको असन्तुष्टि चुलिएको भन्दै उत्साहित बनेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र उत्साहित भएसँगै राजाबादी र कट्टर हिन्दुवादी दलकाे पहिचान बनाएकाे पूर्वपञ्च वाहुल्य राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन समूह एकीकृत हुँदै हिन्दुधर्म र राजतन्त्रको पक्षमा नियमित प्रदर्शन र सभा भइरहेका छ ।

यसैमौकामा पूर्वराज ज्ञानेन्द्रले मित्र राष्ट्र भारत सरकार र सत्तारुढ भारतीय जनता पार्टीका उच्च नेताहरुसँग भेट्ने योजना बनाएका छन् । आफ्नो भ्रमण ओली सरकारका प्रतिनिधिका रुपमा जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग नजुधोस भनेर पूर्वराजा ज्ञानेन्द्रलाई भारतीय दूतावासले नयाँ दिल्ली भ्रमणको अनुमति दिनमा ढिलाई गरेको स्रोतको दाबी छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री ज्ञवाली सम्भवत पुसको तेश्रो साता नयाँ दिल्ली जाने भएका छन् । उनले प्रधानमन्त्रीको दूतको रुपमा भारतीय प्रधानमन्त्री र अन्य उच्च नेतासँग भेटको समय तालिका मिलाइरहेका छन् । यो भ्रमणलाई दूतावास र मन्त्रालयले हालसम्म गोप्य राखेको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७७ पुष १७, १४: ५७

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०७७ पुष १७, १४: ५७

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०७७ पुष १७, १४: ५७

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...