नेपाल पत्रकार महासंघले नवनियुक्त सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पूर्ण कार्यकालका लागि सफलताको शुभकामना व्यक्त गरेको छ । महासंघमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सञ्चार राज्यमन्त्री बाँस्कोटाले सञ्चारजगत लोकतन्त्रको पहरेदार रहेकाले प्रेस भन्दामाथि सरकार हुन नसक्ने बताए । उनले आमसञ्चार नीतिको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाहरुसँग छलफल गरी अघि बढ्ने बताए ।
राज्यमन्त्री बाँस्कोटाले पत्रकारको न्यूनतम पारीश्रमिकलाई समयानुकुल बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले प्रेस स्वतन्त्रता अक्षुण्ण रहने स्पष्ट पार्दै मर्यादाभित्र रहन पत्रकारिता क्षेत्रलाई आग्रह समेत गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न, समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न, पत्रकार महासंघको परिचयपत्रबाट सिंहदरबारमा पहुँच बढाइनुपर्ने बताए ।
त्यसैगरी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष डा.महेन्द्र विष्टले अझै पनि स्वनियन्त्रणको खतरा रहेको भन्दै त्यस्ता खालका नियम कानूनलाई परिमार्जन गर्नुपर्ने बताए । महासंघका उपाध्यक्ष विपुल पोख्र्रेलले समाचार लेखेकै कारण पत्रकारले अझैपनि धम्की तथा आक्रमण जस्ता घटनाको सामना गर्नुपरेको भन्दै त्यसतर्फ ध्यान दिन राज्यमन्त्री बाँस्कोटालाई आग्रह गरे ।
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...