नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाका कान्छा भाई इन्जिनियर विजय कोइरालाको ७१ वर्षको उमेरमा यही २०७४ चैत्र ९ गते विहान ८ बजे निधन भएको छ । नेपालगञ्ज निवासी कोइरालालाई दम र निमोनियाले च्यापेपछि काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएको र पछि मेडिसिटी हस्पिटल, भैंसीपाटीमा भर्ना गरिएको थियो ।
मेडिसिटीमा पु¥याइएपछि आइसियूको सघन उपचार कक्षमा उपचार गराइएता पनि उहाँलाई बचाउन नसकिएको पारिवारिक स्रोतले बताए । नेपाली कांग्रेस बाँके जिल्ला कमिटि सदस्य कोइरालालाई पार्टीका महामन्त्रीलगायत कोइराला परिवारले पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिएका थिए । कोइरालाका श्रीमती, १ छोरा र १ छोरी रहेका छन् । स्व. कोइरालाको निधनप्रति चीर शान्तिको कामना गर्दै नयाँ विकल्प साप्ताहिक कोइरालाको परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...