विष दिएर मार्ने डरमा हुन्थ्ये सद्दाम – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

विष दिएर मार्ने डरमा हुन्थ्ये सद्दाम

सद्दाम हुसेनलाई ठूला–ठूला मस्जित बनाउने पनि सोख रहेको बताइन्छ । उनले मध्य बगदादमा बनाएका ‘उम्म अल मारीक’ नाम दिइएको मस्जिद निकै भव्य थियो । सन् २००१ मा सद्दाम हुसेनको जन्मदिनका अवसरमा सद्दामले उक्त मस्जिद बनाएका थिए । मस्जिदको टुप्पो स्कड मिसाइलबाट बनाइएको थियो । सो मिसाइल अरब युद्धको समयमा इजरायलमा खसालिएको थियो । ‘अपरेसन डिजर्ट स्टोर्म’ नाम दिइएको त्यो मिसन ४३ दिनसम्म चलेको थियो । त्यसैको सम्झनास्वरुप मस्जिदको मिनारको उचाई ४३ मिटर नै राखिएको थियो ।
सद्दाम हुसेनको जीवनी लेख्ने कोन कफलिनले ‘सद्दामले बनाएको एउटा मस्जिदमा रगतले लेखिएको एउटा कुरान राखिएको र त्यस कुरानको ६०५ पृष्ठ मानिसहरुकालाई देखाउनका लागि एउटा सिसाको बाकसमा राखिएको बताउँछन् । मस्जिदका मौलानाका अनुसार यो कुरान लेख्नका लागि सद्दाम हुसेनले तीन वर्षसम्म २६ लिटर रगत दिएका थिए । सद्दामको बारेमा लेखिएको अर्को पुस्तक ‘सद्दाम हुसेनः द पोलिटिक्स अफ् रिभेन्ज’ का लेखका सैद अबूरिशकाले सद्दामले ठूला–ठूला मस्जिद र भवन बनाउनुको पछाडिको कारण उनले टिक्रिटमा बिताएको बाल्यकाल भएको लेख्छन् । उनका अनुसार बाल्यकालमा सद्दामलाई जुत्ता किनिदिने पैसासमेत उनको परिवारसँग हुँदैन थियो ।
सद्दाम हुसेनकै बारेमा अर्को पुस्तक लेख्ने अमाजिया बरमले सद्दामको शासनकालमा कैयौँ दुश्मनलाई थेलियम नामको विष दिएर हत्या गर्ने गरिएको बताउँछन् । सद्दामलाई पनि कसैले विष प्रयोग गरेर आफ्नो हत्या गर्छ कि भन्ने डरले सताउने गर्दथ्र्यो । त्यसैले उनले खाने माछा, तरकारीलगायतका सबै चिज हप्ताको दुई पटक जाँच गर्ने गरिएको बताइन्छ ।

सम्बन्धित समाचार

विश्व बजारमा कच्चा तेलको मूल्य उच्चविन्दुमा
विश्व बजारमा कच्चा तेलको मूल्य उच्चविन्दुमा
  • २०७४ चैत्र १२, ०९: ४७

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावका बीच कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै प्रति ब्यारेल १२६ डलर नाघेको छ, जुन पछिल्ला चार...

आणविक सम्झौता स्वीकार गर्न इरानलाई ट्रम्पको चेतावनी
आणविक सम्झौता स्वीकार गर्न इरानलाई ट्रम्पको चेतावनी
  • २०७४ चैत्र १२, ०९: ४७

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन ९स्मार्ट हुन० र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग पूरा गर्न चेतावनी दिएका...

इन्डोनेसियामा रेल दुर्घटना : १४ जनाको मृत्यु, ८४ घाइते
इन्डोनेसियामा रेल दुर्घटना : १४ जनाको मृत्यु, ८४ घाइते
  • २०७४ चैत्र १२, ०९: ४७

काठमाडौँ। इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुईवटा रेल एकापसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु भएको छ । ८४ जना घाइते...