विमल सुवेदी
नेपालको इतिहासमा राणा शासन कालदेखि लिएर शाहवंशिय शासनको राजनैतिक कालखण्डको इतिहास हेर्ने हो भने इतिहास पुरुष गिरिजाप्रसाद कोइरालाको जिवन अन्त्यन्तै महत्वपुर्ण राजनीतिक जीवन मानिन्छ । नेपालको प्रजातान्त्रिक आन्दोलनबाट राजनीतिलाई परीवर्तन गराउन अतुलनिय भूमिका खेल्नु भएका कोइरालाले राजतन्त्रको अन्त्यदेखि संविधान सभा हुँदै गणतन्त्रको स्थापनासम्म आइपुग्दा गिरिजाबाबुले खेल्नु भएको भूमिका नेपालको राजनीतिक इतिहासमा मात्र नभई दक्षिण एसियाकै राजनीतिमा ठूलो परिवर्तनको संवाह मान्न सकिन्छ । कोइरालाले आफ्नो छवि मात्र सुधार्न लाग्नु भएन ।
उहाँले नेपालमा शान्ति, लोकतन्त्रको स्थापना, स्वतन्त्र न्यायपालिकाको परिकल्पना, मानवअधिकारको रक्षा, प्रेस स्वतन्त्रताको संरक्षणलाई समेत ग्यारेन्टी हुनेगरी नयाँ संविधानको परीकल्पनाले देशले आज राजनैतिक फड्को मारेको छ । कोइरालाको लोकतान्त्रिक मूल्यमान्यताको गाढा विश्वासले राजा त्रिभुवनदेखि, राजा ज्ञानेन्द्रसम्मका तीन पुस्तासम्म लड्दै भिड्दै राजनीतिलाई संघर्षमय जीवन व्यतित गर्नुभयो । त्यसैले नेपालको राजनीतिक एतिहासमा गिरिजाबाबुको राजनीतिक स्थानको बारेमा लामो समयसम्म बहस छलफल रहिरहुनपर्ने हुन्छ ।
गिरिजा प्रसादको जिवन वृतान्त निकै रोचक र संघर्षमय छ ।
पिता कृष्णप्रसाद कोइराला तथा माता दिव्या कोइरालाको कोखबाट वि.सं. १९८१ असार १८ मा भारतको बिहार राज्यको सहर्षर जिल्लाको टेडिमा जन्मनु भएको कोइराला राजनीतिमा तिखा र संघर्षशील भएका कारण १९९० मा भारतको विहारमा महात्मा गान्धीसँगको भेटपछि कोइरालाको राजनीतिक जीवन यात्रा सुरु भएको पाइन्छ । यसैको फलस्वरुप नेपालमा राणाका विरुद्ध संगठित हुँदै जादा राजनीतिक रुपमा प्रजापरिषद्को स्थापना भई राजनीतिक चेतना सुरु भईसकेको थियो । त्यही अवसरलाई छोपी कोइरालाले तत्कालीन अवस्थादेखि मजदुरहरुको नेतृत्व गर्दै राजनीतिक यात्रालाई तीव्रता दिएको पाइन्छ ।
२०१२ सालसम्म मजदुर नेतामा चर्चित कोइराला तत्कालिन अवस्थामा नेपाली नेपाली काँग्रेस मोरङ्ग जिल्लाको सभापति चुनिन सफल हुनुभयो भने सोहि साल विरगञ्जमा सम्पन्न नेपाली काँग्रेसको महाधिवेशनमा केन्द्रिय सदस्यमा समेत निर्वाचित हुनु भयो । २०१५ सालको पहिलो आम निर्वाचनमा पार्टीले टिकट दिएर चुनाव लडाउने रणनीति लिएता पनि कोइरालाले पार्टी संङ्गठन नै रोज्नु भयो ।
त्यसले गर्दा गिरिजा प्रसाद कोइरालाले त्यहि समयमा गाउँगाउँमा जाने र जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने जनताका पिरमर्कामा साथ दिने जस्ता काम गर्न थाल्नुभयो । २०१७ सालको काण्डपछि जेलपर्नु भएका गिरिजा प्रसाद कोइरालालाई भेट्न भारतिय समाजवादि नेता जयप्रकाश नारायण नख्खु जेलमा नै आउनु भएको बताइन्छ । तत्कालिन अवस्थामा कोइरालाले २१ दिनदेखि भोक हड्तालमा रहनु भएका कोइराला शारीरिक रुपमा कमजोर तर राजनैतिक रुपमा शतिmशाली हुनुभयो ।
फलस्वरुप राजामहेन्द्रले उहाँलाई जेलमुक्त गर्न वाध्यहुनु प¥यो । जेलमुक्त पछि उहाँले नेपाली काँग्रेसका नेताहरु वी.पी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता अग्रज नेताहरुलाई जेलमुक्त गराउन अनेक रणनीति गरी आफ्ना नेताहरुलाई जेलमुक्त गराउन राजा महेन्द्रलाई बाध्य पार्नुभयो । राजा महेन्द्रले शुरुगरेको निरकुंश पञ्चायती व्यवस्थालाई ढाल्न निरन्तर अघि बढिरहेको नेपाली काँग्रेसलाई संङ्गठनको कार्य थप अगाडि बढाउन आर्थिक रुपमा समस्या पर्न गएको कारण जसको फलस्वरुप गिरिजा प्रसाद कोइरालाले २०३० सालमा विमान अपहरण योजना बनाउदै यो कार्यमा चक्रप्रसाद वाँस्तोला र दुर्गा सुवेदीलाई विमान अपहरण गर्ने कार्यमा साथ लिनुभयो । त्यसपछि भारतको पटनामा २०३४ सालमा नेपाली काँग्रेसको सम्मेलनमा कोइराला पार्टी महामन्त्रीमा चुनिनु भयो ।
महामन्त्रीमा निर्वाचित पछि कोइरालाले प्रवासवाट सांङ्गठनिक काम गर्दै २०३६ सालमा जेठ १० गते राजा विरेन्द्रले घोषणा गरेको जनमत संग्रहलाई संघर्षमय राजनीतिक उचाईमा पु¥याउन लागि परेता पनि तत्काचलिन पञ्चाायती शासकहरुले जनमत संग्रहको उल्टो परिणाम जर्बजस्ती घोषणा गरे । वी.पी.को निधन पछि २०४२ सालमा नेपाली काँग्रेसले गरेको सत्याग्रहमा सक्रिय रुपमा लाग्दै प्रजातान्त्रिक आन्दोलनलाई २०४६ सालको पहिलो जन आन्दोलनबाट नेपालमा बहुदलीय व्यवस्था घोषणा गराउन कोइराला सफल हुनुभयो ।
२०४८ सालको आमनिर्वाचनमा मोरङ्ग र सुनसरी दुवै क्षेत्रबाट आम निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित भई नेपाली काँग्रेस संसदिय दलको नेताका रुपमा र्निविरोध निर्वाचित भए पश्चात २०४८ जेठ १२ गते नेपालको संसदिय निर्वाचनमा दोस्रो जननिर्वाचित प्रधानमन्त्रि बन्न सफल हुनुभयो । फस्वरुप २०४८ मङ्गसिर २१ मा वनारस हिन्दु विश्वविद्यालयबाट डाक्टर अफ.ल.को उपाधी प्राप्त गर्नुभयो । २०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ्ग र सुनसरी दुवै क्षेत्रबाट सांसदमा पुन निर्वाचित भई २०५४ चैत्र ३० गते, २०५५ पुस ८ गते, २०५६ चैत्र ८ गते क्रमश दोश्रो, तेश्रो तथा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित हनु सफल हुनुभयो ।
२०५३ को बैशाखमै काठमाडौंमा सम्पन्न नेपाली काँग्रेसको नवौं महाधिवेशनबाट पहिलो पटक पार्टी सभापतिमा निर्वाचित हुँदै २०५७ सालमा पोखरामा र त्यसैगरी तेस्रो पटक ११ औं महाधिवेशनबाट नेपाली काँग्रेसको एघारौ माहाधिवेशनबाट तेस्रो पटक र २०६४ सालमा एकता महाधिवेशनबाट पुन पार्टी सभापति हुँदै २०६२÷०६३ को दोस्रो जनआन्दोलनको सर्वोच्च कमाण्डरबाट २०६४ जेष्ठ १५ गते पाँचौ पटक प्रधानमन्त्री हुन सफल हुनुभयो । गणतन्त्रको घोषणा पश्चात कार्यवाहक राष्ट्रप्रमुख प्रधानमन्त्रिको कार्यभार समाल्दै २०६४ साल चैत २८ गते संविधान सभाको निर्वाचन सम्पन्न भएपछि २०६५ भदौ २ गते तत्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई नेपालको प्रधानमन्त्री पद सुम्पनु भयो ।
राजनीतिक रुपमा अडान र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सफल हुँदै जानुभएका कोइरालाको स्वास्थ्यमा भने निकै खराबी हुँदै २०६६ चैत ७ गते सम्पूर्ण लोकतन्त्रवादीहरुलाई छोडेर यो धर्तीबाट विदा लिनुभयो । त्यसैले उहाँको राजनीतिक यात्राको पृष्ठभूमि आमी तमाम लोकतन्त्रवादीहरुको उच्च सम्मान गर्दै उहाँले देखाउनु भएको बाटो नेपालको राजनीतिमा सधै सान्दर्भिक रहने छ ।
१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...
१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...
१. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...