पूर्व अध्यक्षहरु सम्मानित – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

पूर्व अध्यक्षहरु सम्मानित

काठमाडौं । नेपाल पत्रकार महासंघले ६३औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयमा पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुने पूर्व अध्यक्षहरुमा होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डा. सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, विष्णु निष्ठुरी, शिव गाउँले र डा. महेन्द्र विष्ट हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सम्मानित पूर्व अध्यक्षहरुलाई बधाई दिँदै संघीय लोकतन्त्रको रक्षा र सही प्रयोगमा पत्रकारको दायित्व रहेको बताउनुभयो । उहाँले प्राप्त उपलब्धीहरुलाई कार्यान्वयन गर्दै समृद्ध राष्ट्र निर्माणमा लाग्न पत्रकारलाई आग्रह समेत गर्नुभएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले आफ्नो क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गरेको भन्दै पूर्व अध्यक्षहरुको प्रशंसा गर्नुभयो । पत्रकारितामा अवसर र समस्याहरु रहेको भन्दै उहाँले समस्या समाधानका लागि महासंघ सधै क्रियाशिल रहने बताउनुभयो ।

सम्मानित पूर्व अध्यक्ष हरिहर विरहीले प्रेस स्वतन्त्रता सम्बन्धी संविधानमा भएका व्यवस्थालाई कार्यान्वयनमा ल्याउन सक्रिय र संगठीत भएर लाग्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले पत्रकारको क्षमता अभिवृद्धि तथा पत्रकारको आचरण सुधारमा महासंघले ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा महासंघद्वारा प्रकाशित पत्रकारिताको लोकार्पण गरिएको थियो । स्थापना दिवसका अवसरमा महासंघले दिउँसो २ बजेदेखि ५ बजेसम्म महासंघको भवनमा चियापानको समेत आयोजना गरिएको थियो ।

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०७४ चैत्र १९, ०८: ५६

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७४ चैत्र १९, ०८: ५६

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७४ चैत्र १९, ०८: ५६

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...