संविधानले प्रेस स्वतन्त्रतालाई उच्च स्थानः कामू प्रधानन्यायाधीश जोशी – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

संविधानले प्रेस स्वतन्त्रतालाई उच्च स्थानः कामू प्रधानन्यायाधीश जोशी

नेपाल पत्रकार महासंघको ६३औं स्थापना दिवसका अवसरमा प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा विषयमा अन्तक्र्रिया कार्यक्रम तथा चियापानको कार्यक्रम आयोजना गरिएको थियो । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्य सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपकराज जोशीले संविधानले प्रेस स्वतन्त्रतालाई उच्च स्थान दिएकोले प्रेसलाई नियन्त्रणमा लिन नसकिने धारणा व्यक्त गरे । उनले प्रेस र न्यायालय दुवैको लोकतन्त्रमा अर्थपूर्ण भूमिका रहने भन्दै आ–आफ्नो क्षेत्रमा जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उक्त अवसरमा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले कांग्रेस अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको भन्दै प्रेस स्वतन्त्रतालाई अभिन्न अंगका रुपमा लिएको बताए । उनले प्रेसको सुन्तुलन कायम राख्न राजनीतिक लागानीबाट प्रेस जगत टाढा हुनुपर्ने उनको धारणा थियो । कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराइले प्रेसले कमजोर वर्गको पक्षमा पनि बोल्नुपर्ने भन्दै सरकारको स्वस्थ आलोचना गर्न पत्रकारलाई आग्रह गरे । उनले संविधानको धारा १९ ले सञ्चारको हकको मात्रै प्रत्याभूती गरेको नभै त्यसले सञ्चार जगतलाई गलत मार्गमा जानबाट पनि रोकेको हुँदा संचारजगतले बुद्धिमानीपूर्वक काम गर्नुपर्ने बताए । त्यसैगरी एकीकृत नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले संविधानको अधिनमा रहेर संघ, प्रदेश र स्थानीय तहमा ऐन कानून निर्माण गर्ने क्रममा रहेको भन्दै प्रेस स्वतन्त्रता संकुचित हुने कानुन निर्माण गर्न नहुने बताइन् । उनले सत्यतथ्यमा जोड दिन संचारजगतलाई आग्रह समेत गरिन् ।

राष्ट्रिय जनता पार्टीका नेता केशव झाले निष्पक्ष भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गरे । “हामी राजनीतिक व्यक्ति भएको हुँदा पूर्वतिरको भूमिकालाई निष्पक्ष रुपमा भूमिका निभाउनुपर्ने हुँदा प्रेस जगतको सहयोगको अपेक्षा भएको” उनले बताए । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले आचारसंहितामा नाममा प्रेस स्वतन्त्रतालाई प्रेस काउन्सिलले नियन्त्रण नगर्ने धारणा व्यक्त गर्दै परिवर्तित अवस्थामा काउन्सिलको ऐन, नियममा परिवर्तन हुनुपर्ने आवश्यकता औंल्याए ।

त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना ओन्सारीले पत्रकार महासंघ मानव अधिकारको जिवित योद्धा रहेको बताउँदै प्रेस स्वतन्त्रता सम्बन्धी महासंघले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । मानव अधिकारमा आउने चुनौतीमा पत्रकार समेत पर्ने हुँदा एकाइसौंं शताब्दीमा प्रेस स्वतन्त्रतालाई कसैले नियन्त्रण गर्न नहुने उनको धारणा थियो ।

महासंघका निवर्तमान अध्यक्ष डा.महेन्द्र विष्टले अदालतको अवहेलनाका नाममा प्रेसलाई सङ्कुचन गर्न नहुने कुरा बताए । महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रता पत्रकारको अधिकार मात्रै नभएर त्यो जनताको अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएका कारण महासंघ त्यसको पक्षमा दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । पत्रकारित क्षेत्रमा संकट आइपर्दा न्यायका लागि जाने एक मात्र ठाउँ अदालत रहेको भन्दै प्रेस स्वतन्त्रतामा न्यायलयको साथ हुनुपर्ने धारणा व्यक्त गरे ।

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०७४ चैत्र १९, ०८: ५९

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७४ चैत्र १९, ०८: ५९

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७४ चैत्र १९, ०८: ५९

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...