कांग्रेसजनलाई रुवाउँदै अस्ताए खड्का – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

कांग्रेसजनलाई रुवाउँदै अस्ताए खड्का

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको भौतिक शरीर यो संसारबाट विदा भएको छ । लामो समयदेखि मिर्गाैलाको रोगबाट ग्रसित भएका खड्कालाई मिर्गाैला प्रत्यारोपण पछि राजनीतिमा पूर्णरुपमा सक्रिय हुँदाहुँदै ३ महिना अघि आप्mनै निवासमा बेहोस् भई ढलेपश्चात काठमाडौंको नर्भिक अस्पतालमा उपचार गरिएको थियो ।

नर्भिक अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई नयाँदिल्लीको एपोलो अस्पतालमा पु¥याईएको र त्यहाँ उनको जाँच गर्दा मस्तिष्क, छाती र मिर्गाैला सम्बन्धी रोग देखापरेका कारण सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको थियो । त्यसपछि पनि स्वास्थ्यस्थितिमा सुधार नभएको, छाति, मस्तिष्क र नसा सम्बन्धी रोगले दिनप्रतिदिन च्याप्दै गएको हुँदा १६ गते बेलुकी ५ बजे नयाँ दिल्ली स्थिति एपोलो अस्पतालमा खड्काको निधन भएको परिवारले बतायो ।

खड्काको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि कांग्रेस केन्द्रीय समितिले उनको स्वास्थ्य स्थिति बुभ्mन र थप उपचारको व्यवस्थ मिलाउन केन्द्रीय सदस्य रमेश लेखक र शंकर भण्डारी एपोलो अस्पताल पुगेका थिए । नेताद्वयले सम्बन्धित डाक्टरसँग सरसल्लाह गरेर थप उपचारको व्यवस्था गर्न सल्लाह लिइरहँदा खड्काको भने स्थिति झनझन् नाजुक हुँदै गएको र अन्य थप उपचार सम्भव नभएपछि दुवै नेता काठमाडौं फर्किएका थिए ।

उनीहरुबाट खड्काको स्वास्थ्य स्थितिका बारे शुक्रबार नै आएको र शुक्रबार साँझ नै खड्काको निधन भएको हो
ब्ुबा टेकबहादुर खड््का र माता कलावति खड्काका कोखबाट २००८ साल जेठ १२ गते दाङको घर्ना गाविस ६ मैशापथरामा जन्मेका खड्का माध्यमिक स्कूलदेखि नै कांग्रेसको राजनीतिमा लागेका थिए ।

तत्कालिन राजा महेन्द्रको फोटोमा ढुंगा हान्दा राजद्रोहको मु्द्दा लागेर उनी प्रवासमा पुग्नु परेको थियो । प्रवासको बनारसमा बस्दै जाँदा वीपीसँग भेट हुँदा २०३२ सालको मेलमिलापको नीति लिएर उनी वीपीसँगै नेपाल फर्किएका थिए ।

सानै उमेरमा कांग्रेसको केन्द्रीय सदस्य हुँदा दर्जनौं पटक जेल जीवनयापन गरेका खड्का २०३३, २०३६, २०४२ र २०४९ सालको जनआन्दोलनबाट कांग्रेस कार्यकर्ताको प्रिय नेता बन्दै २०४८ सालको आमनिर्वाचनमा दाङबाट निर्वाचित भई पहिलो पटक भौतिक निर्माण तथा यातायात मन्त्री बने भने २०५२ सालमा गृहमन्त्री बने । गृहमन्त्री बनिसकेपछि कार्यकर्ता माझ निकै प्रभावशाली बनेका नेता खड्का विरुद्ध पार्टीबाटै षड्यन्त्र भई २०५९ सालमा भ्रष्टाचारको मुद्दा लागेर जेल पर्न पुगे ।

जेल भुक्तान गरी राजनीतिमा सक्रिय भएका खड्का कांग्रेसको १३औं महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरी दोस्रो स्थान ओगट्न सफल भएका थिए । कांग्रेसको राजनीतिक यात्रादेखि प्रष्ट विचारको धनी खड्का निडर र हकी स्वभाव भएको कारण तल्लोस्तरका कार्यकर्तादेखि केन्द्रीय राजनीतिमा निकै शक्तिशाली बनीरहे । पार्टीलाई सधैं उर्जाशील बनाउन उनको भूमिका रहिरह्यो ।

प्रतिबन्धित अवस्थामा वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्यसँगै उनलाई एयरपोर्ट झर्नासाथ शाही सरकारले पक्राउ गरी लामो समयसम्म जेलमा राख्यो । पछि केही महिनापछि सबैलाई जेलबाट राजाले निकाले पनि खड्कालाई भने हातहतियारको मुद्दा लगाएर पुनः जेलमा राखिएको र २०३८ सालमा राजनैतिक मुद्दामा आममाफी भएपछि २०३६ साल बैशाख १ गते जेल मुक्त भए र कांग्रेसको मध्यपश्चिमाञ्चलको कमाण्डर भई मध्यपश्चिमाञ्चलको कांग्रेस संगठन मजबुत बनाउन लागि परे भने अन्तिम घडीसम्म पनि सक्रिय भएर लागि रहे ।

मृत्युपर्यन्तका दिनसम्म कांग्रेसको केन्द्रीय सदस्य भई रहे । विभिन्न समयमा अर्थात् २०४८ सालमा, कोइराला नेतृत्वको सरकारको पालामा निर्माण तथा यातायात मन्त्री, २०५२ सालमा शेरबहादुर देउवाको मिलीजुली सरकारमा गृह र स्थानीय, २०५४ सालमा सूर्यबहादुर थापाको नेतृत्वमा बनेको सरकारमा पुनः गृह र स्थानीय, २०५५ सालको पुनः गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा आपूर्ति र वन, २०५६ सालमा कृष्णप्रसाद भट्टराई सरकारको नेतृत्वमा पुनः भौतिक तथा निर्माण, २०५७ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा जलस्रोत र २०५८ सालको शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा पुनः गृहमन्त्री हुँदै कांग्रेसको मूलधारको राजनीतिमा सधैं लोकप्रिय बन्दै आएका खड्को ६७ वर्षको उमेरमा निधन भएको छ ।

यसैबीच खड्काको असामाहिक निधनको शोकमा डुबेको कांग्रेसले पार्टीको औपचारिक कार्यक्रम ५ दिनसम्म स्थगित गर्ने र ७ दिनसम्म पार्टीको झण्डा आधा झुकाउनुको साथै १३ दिनसम्म शोक पुस्तिका राखी १३औं दिनमा केन्द्र र सबै जिल्लाहरुमा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ । शुक्रबार बेलुकी ५ बजे नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएका खड्काको शनिबार बेलुकी ९ बजे काठमाडौं ल्याइ उनको निवास सानेपामा राखिएको थियो ।

विहानदेखि हजारौं कार्यकर्ता तथा नेताहरु सानेपा पुगी खड्काको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसैगरी निवासबाट पार्टी अफिस लैजानुअघि खड्कालाई श्रीमती, छोरी र छोरा तथा परिवारका अन्य सदस्यहरु भावविह्वल हुँदै पूmलमाला तथा लावा अर्पण गरिरहँदा उपस्थिति जनसमुदायको सबैको आँखा रसाएको थियो । केहीबेर पार्टी अफिसमा राखी शवयात्रासहित हिजै पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । उनको असामयिक निधनमा कांग्रेसले एउटा प्रजातान्त्रिक योद्धा गुमाएको भन्दै दुःख व्यक्त गरेको छ । उनीप्रति हाम्रो पनि श्रद्धासुमन ।

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०७४ चैत्र १९, ०९: ०२

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७४ चैत्र १९, ०९: ०२

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७४ चैत्र १९, ०९: ०२

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...