स्थानीय तहमा शाखा विस्तार गर्न नेपाल राष्ट्र बैंकको निर्देशन – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

स्थानीय तहमा शाखा विस्तार गर्न नेपाल राष्ट्र बैंकको निर्देशन

काठमाडौं । असार मसान्तभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा खोलिने भएको छ । नेपाल राष्ट्र बैंकले ३५९ स्थानीय तहमा असार मसान्तभित्र शाखा बिस्तार गर्न निर्देशन दिएपछि शाखा विस्तार हुने भएको हो । यसमध्ये २४३ स्थानीय तहमा बैशाखा मसान्तभित्रै शाखा खोलिसक्नु पर्छ भने बाँकी ११६ स्थानमा असार मासन्तभित्र खोलिसक्नु पर्ने राष्ट्र बैंकद्धारा जारी निर्देशनमा उल्लेख छ ।

देशभर ७५३ वटा स्थानीय तह छन् । यसमध्ये ४५७ वटा स्थानीय तहमा बैङ्कको शाखा खोल्नुपर्ने थियो । ४५७ मध्ये ९८ यसअघि स्थानीय तहमा शाखा खुलिसकेका छन् । ३५९ वटा स्थानीय तहमा शाखा खोल्नु पर्नेमा बैंकहरुले २४३ स्थानमा मात्र शाखा खोल्ने प्रतिबद्धा अनुसार काम गरिरहेका थिए । बाँकी ११६ स्थानमा शाखा खोल्न बैंकहरु तयार थिएनन् । तर राष्ट्र बैङ्कले ११६ मा पनि शाखा खोल्न भनेपछि बैंकहरुले स्वेच्छिक रूपमा ४० वटा शाखा खोल्ने प्रतिबद्धता जनाएका थिए । बाँकी ७६ स्थानमा शाखा खोल्न कुनै पनि बैङ्क तयार नभएपछि राष्ट्र बैङ्कबाट ठाउँ तोकेरै बैंकहरुलाई शाखा खोल्न निर्देशन जारी भएको हो ।

खोटाङका तीन, ओखलढुङ्गाको एक, संख्वासभाको तीन, सोलुखुम्बुको दुई, ताप्लेजुङको तीन, उदयपुरको एक, पर्साको एक, रौतहटको एक, सप्तरीको एक, सर्लाहीको एक, धादिङको दुई, काभ्रेको एक, मकवानपुरको एक र सिन्धुलीको एक स्थानीय तहमा अझै बैंक बिहिन् छन् । साथै सिन्धुपाल्चोकको एक, मनाङको एक, गुल्मीको एक, रोल्पाको चार, रुकुमको दुई, दैलेखको दुई, डोल्पाको चार, हुम्लाको तीन, जाजरकोटको तीन, जुम्लाको एक, कालिकोटको ६, मुगुकोको दुई, सल्यानको एक, अछामको दुई, वैतडीको दुई, बझाङको ८, बाजुराको ६, डडेल्धुराको एक, दार्चुलाको दुई, डोटी र कैलीको एक र एक स्थानीय तहमा पनि बैङ्क पुगेका छैनन् ।

स्थान तोकेरै शाखा विस्तार गर्न निर्देशन दिइएपनि स्ट्यान्डर्ड चार्टर्ड बैङ्कलाई भने लगाइएको छैन । बाँकी २७ वटा वाणिज्य बैंकहरुलाई मात्र निर्देशन दिइएको छ । ७६ वटामा सबैभन्दा बढी शाखा खोल्ने जिम्मा नबिलले पाएको छ । यसअघि उसले पाँच वटा शाखाको प्रतिबद्धता जनाएको थियो। एभरेष्ट बैङ्कले पनि सात वटा थप शाखा खोल्नु पर्ने भएको छ । बैकले यसअघि चार वटा शाखा खोल्ने प्रतिशतबद्धता जनाएको थियो ।

त्यसैगरी, बैङ्क अफ काठमाण्डू, कृषि विकास, हिमालयन, जनता, नेपाल बैङ्क, नेपाल एसबिआइ बैङ्कले पनि थप ६र६ वटाका दरले शाखा खोल्नु पर्ने छ । एउटा शाखाका लागि बैङ्किङ कारोबारमा मात्र कम्तीमा तीनदेखि चार जना कर्मचारी आवश्यक पर्छ । यसबाहेक एक जना म्यासेन्जर र दुई जना सुरक्षा गार्ड पनि चाहिन्छ। त्यसो हुँदा सात जना कर्मचारी आवश्यक पर्छ । यस्तो अवस्थामा दक्ष अभाव हुने सम्भावना प्रबल रहेको बैंकरहरु बताउँछन् ।

बैंकरका अनुसार ३५९ वटा स्थानीय तहमा जानका लागि बैङ्किङ कारोबारमा करिब साढे १४ सय कर्मचारी चाहिन्छ। यसको आधा सङ्ख्या सुरक्षा गार्ड चाहिन्छ । चार जना कर्मचारीमध्ये पनि एक जना जुनियर अफिसर स्तरको चाहिन्छ। एक जना सुपरभाइजर र बाँकी दुई जना सामान्य खाले कर्मचारी भए पनि पुग्छ। ऋणलगायत अन्य काम गर्ने भए थप कर्मचारी आवश्यक पर्ने हुन्छ । ती ठाउँमा शाखा खोल्नका लागि सरकारले बाटो, बिजुली, इन्टरनेट र सुरक्षाको व्यवस्था मिलाउनुपर्ने हुन्छ । राष्ट्र बैङ्कले एक वर्षका लागि र्निव्याजी ऋण बैंकहरुलाई उपलब्ध गराउँछ । स्थानीय तहको वाणिज्य बैंकहरुमा रहेको खातामा सरकारले अनुदान बजेट राखिदिने भएकाले सबै तहमा शाखा खोल्न अनिवार्य गरिएको निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

अर्थतन्त्रको आकार ६६ खर्ब
अर्थतन्त्रको आकार ६६ खर्ब
  • २०७४ चैत्र १९, ०९: २५

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्‍मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत...

दुध किसानलाई १२ करोड भुक्तानी
दुध किसानलाई १२ करोड भुक्तानी
  • २०७४ चैत्र १९, ०९: २५

काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...

तोलामा एक हजारले घट्यो सुनको मूल्य
तोलामा एक हजारले घट्यो सुनको मूल्य
  • २०७४ चैत्र १९, ०९: २५

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...