सिमेन्स इनर्जीले सात हजार ८०० कर्मचारी कटौती गर्ने – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

सिमेन्स इनर्जीले सात हजार ८०० कर्मचारी कटौती गर्ने

नयाँ विकल्प

एजेन्सी- जर्मनीको सिमेन्स इनर्जीले आगामी चार वर्षभित्र सात हजार ८०० कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।

विश्वभर तिब्र रुपमा परिवर्तन भइरहेको ऊर्जा बजारका कारण रोजगारी कटौती गर्नु परेको कम्पनीले जनाएको छ । दिर्घकालीन वित्तीय संरचनालाई चुस्त राखी कम्पनीको प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्देश्य राखिएको कम्पनीको भनाई छ ।

कम्पनीले ग्यास र विद्युत ऊर्जा क्षेत्रमा कार्यरत कर्मचारी हटाउने तयारी गरेको छ । सिमेन्समा हाल विश्वभर करिब ९० हजार व्यक्ति कार्यरत छन् । प्रस्ताव अनुसार जर्मनीमा तीन हजार, संयुक्तराज्य अमेरिकामा एक हजार ७०० र अन्य स्थानमा कार्यरत तीन हजार १०० व्यक्ति रोजगारी कटौतीमा पर्नेछन् ।

सन् २०२५ को वित्तीय वर्षबाट कटौतीमा पर्ने कर्मचारीहरुमध्ये मुख्यगरी व्यवस्थापन, प्रशासन र बिक्रीतर्फका रहेका छन् ।

सम्बन्धित समाचार

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०७७ माघ २०, १३: ४५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७७ माघ २०, १३: ४५

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...

कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
  • २०७७ माघ २०, १३: ४५

काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...