‘देशलाई नोक्सान पर्ने कुनै काम हुँदैनः प्रधानमन्त्री – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

‘देशलाई नोक्सान पर्ने कुनै काम हुँदैनः प्रधानमन्त्री

काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्रम केपी शर्मा ओलीले भारत भ्रमणमा जानुको मुख्य कारण मित्रताको सम्बन्ध अगाडी बढाउन जाने बताएका छन् । भारत भ्रमणका बारेमा बोल्दै देशको हितका लागि प्रयास गर्ने र भ्रमणको बेलामा नेपालको जहाज चलाउने र रेल गुडाउने बारेमा पनि छलफल गर्ने बताएका छन् ।

नेपालमा भइरहेको पुनर्निर्माणको काम सन्पन्न गर्ने बताएका छन् । विकासमा सहकार्यका लागि यो भ्रमण रहने र देशको लाभका लागि यो भ्रमण रहने बताए । भूकम्प पछिको असरल्लतालाई सम्पन्न गर्ने, प्रदेश र स्थानीय तहमा कसरी राम्रोसँग काम गर्ने वातावरण बनाउन सकिन्छ भन्ने बारेमा पनि हामीले छलफल गरेर ढिलो नगरी काम गर्नुपर्ने बताए ।

उनले नेपालललाई अल्पविकशित देशबाट तीन वर्षभित्रमा विकाशशील राष्ट्रमा लैजाने, कृषि उद्योग, पर्यटन, हवाई मैदान, हवाइमार्ग, रेलमार्ग, फास्ट ट्र्याकलगायत विकासका क्रियाकलाप कसरी छिटो भन्दा छिटो गर्न सकिने बताए । उनले ‘देशलाई नोक्सान पर्ने कुनै काम भ्रमणका क्रममा हुने छैन । देशको शिर उठ्ने र देशलाई लाभ हुने काम मात्रै गरिने बताएका छन् ।’

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०७४ चैत्र २०, १०: ४५

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७४ चैत्र २०, १०: ४५

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७४ चैत्र २०, १०: ४५

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...