काठमाडौंः आउँदौ बैशाख ९ गते एमाले र माओवादी केन्द्रको एकताको घोषणा गर्न शीर्ष नेतालाई सिफारिस गरेको छ ।
समितिको बैठकमा दुवै पार्टीका कार्यदलका संयोजकहरुले कार्यदलले तयार पारेको प्रतिवेदन कार्यदलका अध्यक्षलाई बुझाउँदै वैशाख ९ गते पार्टी एकताको घोषणा गर्न सुझाव दिएको छ ।
गत फागुन १० गते एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आआफ्ना प्रतिवेदन तयार गरि शीर्ष नेतालाई बुझाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि पार्टी एकीकरण गर्ने भनिए पनि त्यो सम्भावना सकिएपछि अब दुई दलले ९ गते पार्टी एकता गर्ने अन्तिम तयारी गरिरहेका छन् ।
नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त मास्र्कसद, लेनिनवाद राख्नेलगायत सातबुँदे प्रारम्भिक आधारमा दुई दलले गएको फागुन ७ मा सहमति गरेका थिए ।
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...