काठमाडौं ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (वान)को १३औं साधारणसभा र छैठौं महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । स्वतन्त्र रेडियोहरुको हकहितको संरक्षण एवम् विकासका लागि भन्दै २०६१ सालमा स्थापना भएको ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (वान)ले १३ वर्ष पार गरिसकेको छ । १३ वर्ष हुँदा ३ वटा महाधिवेशन भइसकेका छन् ।
जसमध्ये संस्थापक अध्यक्ष शिव मल्लले दुई कार्यकाल, विष्णुहरी ढकालले दुई कार्यकाल र निवर्तमान अध्यक्ष गोपाल झाले करिब ३ कार्यकाल पूरा गरी छैठौं महाधिवेशनबाट चन्द्र न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
जसअनुसार अध्यक्षमा चन्द्र न्यौपाने, निर्वतमान अध्यक्ष गोपाल झा, वरिष्ठ उपाध्यक्षमा कुमार भट्टराई, उपाध्यक्षमा उज्ज्वल चौलागाईं, महासचिवमा दुर्गा अधिकारी, उपमहासचिवमा गोविन्दराज रोस्याली, सचिवमा राजकुमार थापा, कोषाध्यक्षमा नविन राई र सदस्यहरुमा उपाकिरण पन्त, सन्तोष देउजा, सशान्त रिजाल, हरि जोशी, हिरा भट्टराई, राजविक्रम शाह, मुना गुरुङ रहेका छन् ।
त्यसैगरी प्रदेश संयोजकहरुमा डा. सन्देश राज श्रेष्ठ–प्रदेश नं. १, आरपी यादव– प्रदेश नं. २, विपिन ढुंगाना– प्रदेश नं. ३, किरण लोहनी– प्रदेश नं. ४, माधव नेपाल– प्रदेश नं. ५ र प्रदेश नं. ६ मा रेडियो नभएको, प्रदेश नं. ७ मा ज्ञानेन्द्र सिंह महता निर्वाचित भएका छन् । त्यसैगरी अन्य तीन जनालाई आमन्त्रित सदस्यमा मनोनित गरिएको छ । जसमध्ये हिमाल राई, रेणु पराजुली र किरणप्रसाद पराजुली रहेका छन् ।
यसैगरी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैठो अधिवेशनबाट दण्ड गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...