काठमाडौं । भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्रीले भारत भ्रमण विभिन्न आयामबाट उपलब्धिमूलक भएको बताएका छन् ।
भारतको राजकीय भ्रमण गरेर आइतबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा उनले रेलमार्ग, जलमार्ग, कृषिलगायत क्षेत्रमा महत्वपूर्ण द्विपक्षीय सम्झौता भएको बताएका छन् ।
उनले अन्य मित्रराष्ट्रसँग पारस्परिकता, समानता, आपसी विश्वास, सम्मान एवं लाभका आधारमा मर्यादित, सन्तुलित र व्यवस्थित सम्बन्ध अघि बढाउँदै नेपालको राष्ट्रिय हित प्रर्वद्धन गर्ने वर्तमान सरकारको नीति रहेको बताए । हालको बदलिएको परिवेशमा नेपालको हितलाई केन्द्रबिन्दुमा राखेर भारतीय नेतासँग मेरो खुलस्त र सौहार्दपूर्ण रूपमा कुराकानी भएको छ ।
नेपालको कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने समझदारी हुनुका साथै सो बारेमा तीनवटा अलगअलग संयुक्त घोषणासमेत गरिएको छ । दुई मुलुकबीच सम्पन्न ऊर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन एवं पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउन आवश्यक रहेको बताए ।
उनले नेपालको भारतसँग विद्यमान बढ्दो व्यापार घाटा कम गर्ने विषय द्विपक्षीय छलफलका अलवा भारतीय व्यापारिक समुदाय, विद्वत वर्ग एवं सञ्चार माध्यमसँगको भेटघाट र अन्तक्रियामा समेत प्राथमिकताका साथ उठाएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले पारवहनलाई थप सहज तुल्याउन, बाढी तथा डुबान समस्याको दीर्घकालीन समाधानका लागि संयुक्त निरीक्षण टोली खटाउन एवं महाकाली पुललगायत अन्य पूर्वाधार निर्माणलाई तीव्रता दिन दुवै पक्षबीच गम्भीर छलफल भई प्राथमिकताका साथ अगाडि बढ्ने सहमति भएको बताए ।
प्रधानमन्त्रीले भारतले नेपालका लागि थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने तथा नेपाली ग्यास बुलेटको सञ्चालनलाई सहजीकरण गर्ने बारेमा सकारात्मक छलफल भएको छ । लामो समयदेखि विद्यमान ग्यास बुलेट सञ्चालनमा देखिएको समस्याको समाधान छिटै हुने विश्वास मैले लिएको छु ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...