पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार सम्बन्धी अभियोगहरुमा गरिएको छानबिनपछि प्रधानमन्त्री नवाज शरिफलाई सार्वजनिक ओहदामा बसिरहन अयोग्य घोषित गरेको छ । सन् २०१५ मा भएको चर्चित ‘पनामा पेपर्स’ प्रकरणमा नवाज शरिफका सन्तानको सम्बन्ध कर छलीको उद्देश्यले विदेशमा खोलिएका नक्कली कम्पनीहरुसँग रहेको देखिएपछि उनको परिवारको सम्पत्तिबारे छानबिन भएको थियो । ‘पनामा पेपर्स’ प्रकरणपछि नवाज शरिफको परिवारको सम्पत्तिबारे छानविन गर्न गठन गरिएको टोलीले गत जुलाई १० मा आफ्नो प्रतिवेदन पेश गरेको थियो ।
उक्त फैसलापछि नवाज शरिफले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए र मन्त्रिमण्डल भंग भएका थियो । शरिफले निरन्तर रुपमा आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् । पाकिस्तानको राजधानी इस्लामावादमा कडा सुरक्षा व्यवस्था माझ सर्वोच्च अदालतले त्यस्तो फैसला सुनाएको हो ।
‘पनामा पेपर्स’ प्रकरणलाई लिएर सरीफ विरुद्ध उजुरी दायर गर्नेहरु मध्ये विपक्षी पाकिस्तान तहरिक (ए) इन्साफ पार्टीका अध्यक्ष तथा भूतपूर्व क्रिकेट खेलाडी इमरान खान पनि एक थिए । अदालतमा फैसला सुन्नका लागि मानिसहरुको ठूलो भिड लागेको थियो ।
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार...
काठमाडौँ : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको...
काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसको संक्रमण नयाँ–नयाँ क्षेत्रमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै...