डीआर कंगोमा इबोला संक्रमण अझै नियन्त्रणबाहिर, डब्ल्यूएचओद्वारा उच्च सतर्कता – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

डीआर कंगोमा इबोला संक्रमण अझै नियन्त्रणबाहिर, डब्ल्यूएचओद्वारा उच्च सतर्कता

काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसको संक्रमण नयाँ–नयाँ क्षेत्रमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै नियन्त्रणमा नआएको जनाएको छ।

डब्ल्यूएचओका इटुरी प्रान्तका घटना व्यवस्थापक थियर्नो बाल्डेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा दीर्घकालीन अस्थिरता, द्वन्द्वको जोखिम, विस्थापित जनसंख्या तथा अत्यधिक आवतजावतका कारण संक्रमण नियन्त्रणमा चुनौती थपिएको बताएका छन्।

उनका अनुसार स्वास्थ्यकर्मीहरूले समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै उपचार र निगरानीलाई प्रभावकारी बनाउन अभियान तीव्र पारेका छन्। हालको मुख्य प्राथमिकता प्रभावित क्षेत्रमै संक्रमण सीमित राख्दै थप फैलिन नदिनु रहेको उनले बताए।

डीआर कंगो सरकारका अनुसार आइतबारसम्म इबोलाका दुई हजार ४२३ जना संक्रमित पुष्टि भएका छन्। तीमध्ये ९६७ जनाको मृत्यु भएको छ भने ४६९ जना निको भएका छन्। हाल ७३४ जना बिरामी उपचार वा निगरानीमा रहेका छन्।

संक्रमणले अग्रपंक्तिमा खटिएका १२१ जना स्वास्थ्यकर्मीलाई पनि प्रभावित बनाएको छ। तीमध्ये ३६ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। इटुरी प्रान्तको अड्जा स्वास्थ्य क्षेत्रमा समेत संक्रमण पुष्टि भएसँगै पाँच प्रान्तका ४७ स्वास्थ्य क्षेत्रमा इबोला फैलिएको छ, जसमा ४६ क्षेत्रमा अझै सक्रिय संक्रमण रहेको छ।

गत मे १५ मा घोषणा गरिएको यो प्रकोपको मुख्य केन्द्र इटुरी प्रान्त नै रहेको छ। यहाँ कुल संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी र मृत्युका करिब ८० प्रतिशत घटना दर्ता भएका छन्।

डब्ल्यूएचओका अनुसार जनसंख्याको उच्च आवतजावत, सुरक्षा चुनौती, अनौपचारिक खानी गतिविधि तथा युगान्डा र दक्षिण सुडानसँगको सीमापार आवागमनले संक्रमण नियन्त्रणलाई थप जटिल बनाएको छ।

संक्रमण सीमापार फैलिन नदिन डीआर कंगो र युगान्डाले सीमा क्षेत्र कासेनीमा सञ्चालन गरिएको मोबाइल प्रयोगशालाको संयुक्त प्राविधिक मूल्यांकनसमेत सम्पन्न गरेका छन्।

सम्बन्धित समाचार

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, भवनमा क्षति, केही घाइते
कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, भवनमा क्षति, केही घाइते
  • २०८३ श्रावण ६, १४: १४

काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। कोलम्बियाली भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ः३४ बजे भूकम्प...

फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
  • २०८३ श्रावण ६, १४: १४

काठमाडौँ । फ्रान्समा यस वर्ष दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो डढेलो क्षति भएपछि आगलागीको कारणबारे बहस चर्किएको छ। भीषण गर्मी, लामो...

नेतन्याहुद्वारा ट्रम्पको गाजा शान्ति योजना अस्वीकार, ‘हमास निःशस्त्र नभएसम्म सेना फिर्ता हुँदैन’
नेतन्याहुद्वारा ट्रम्पको गाजा शान्ति योजना अस्वीकार, ‘हमास निःशस्त्र नभएसम्म सेना फिर्ता हुँदैन’
  • २०८३ श्रावण ६, १४: १४

काठमाडौँ ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजासम्बन्धी १५ बुँदे शान्ति योजनाप्रति असहमति जनाएका छन्।...