युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति – Naya Bikalpa
November 9, 2026, Monday      Epaper

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको यो पछिल्लो विनाशकारी प्रहारमा परी ३ जना बालबालिकासहित कम्तीमा १२ जना नागरिकको मृत्यु भएको छ भने ४० भन्दा बढी सर्वसाधारण घाइते भएका छन्।
युक्रेनी अधिकारीहरूका अनुसार हालैका हप्ताहरूमा रुसले युक्रेनको ऊर्जा पूर्वाधार, रेल नेटवर्क र सडक यातायातलाई लक्षित गरी आक्रमणहरूलाई तीव्र पारेको छ। यो आक्रमण हालसम्मकै ठूलो र घातक प्रहारहरूमध्ये एक भएको बताइएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई रुसको ‘अत्यन्त ठूलो र क्रूर प्रहार’ को संज्ञा दिएका छन्। राष्ट्रपति जेलेन्स्कीका अनुसार युक्रेनी गुप्तचर निकायहरूले रुसले ठूलो आक्रमणको तयारी गरिरहेको भन्दै अघिल्लो दिन नै चेतावनी दिएका थिए। सोही पूर्वानुमानका बीच रुसले ऊर्जा संकट निम्त्याउने र जनजीवन अस्तव्यस्त पार्ने रणनीति अन्तर्गत यो आक्रमण गरेको हो।

सम्बन्धित समाचार

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू
दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू
  • २०८३ आश्विन २२, ०८: १५

काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् ।...

स्पेनमा दुई रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ठूलो सङ्ख्यामा यात्रु घाइते
स्पेनमा दुई रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ठूलो सङ्ख्यामा यात्रु घाइते
  • २०८३ आश्विन २२, ०८: १५

काठमाडौँ । स्पेनको मध्यभागमा बुधबार बिहान दुई रेल ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने ठूलो सङ्ख्यामा यात्रु घाइते...

कंगोमा इबोलाको प्रकोप तीव्र, संक्रमितको संख्या १० हजार नाघ्यो
कंगोमा इबोलाको प्रकोप तीव्र, संक्रमितको संख्या १० हजार नाघ्यो
  • २०८३ आश्विन २२, ०८: १५

काठमाडौं । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा इबोला भाइरसको प्रकोप तीव्र बन्दै गएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार...