
काठमाडौं : बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको छ।
गोरखाको चुमनुब्री गाउँपालिकास्थित चुम्चेतको उग्युलुङ खोलामा आएको बाढीले बुढीगण्डकी नदीमा पानीको बहाव बढाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए। उग्युलुङ खोला बुढीगण्डकी नदीको सहायक खोला हो।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बुढीगण्डकीमा ठूलो आवाजसहित बाढी आएको सूचना प्राप्त भएको बताए।
उनका अनुसार घटनाबारे बुझ्न नेपाली सेनाको टोली त्यसतर्फ जाँदै छ। हेलिकप्टर पनि पठाउने तयारी गरिएको छ। सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीको टोलीसमेत परिचालन भइरहेको उनले जानकारी दिए।
काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...
नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...