लिग-२ क्रिकेट: रोहित पौडेलको सानदार शतकसँगै नेपालको विजयी सुरुआत, क्यानडा २४ रनले पराजित – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

लिग-२ क्रिकेट: रोहित पौडेलको सानदार शतकसँगै नेपालको विजयी सुरुआत, क्यानडा २४ रनले पराजित

BANGI, MALAYSIA – AUG 31: Pictures from the match between Bahrain and Nepal held at the YSD UKM Oval on August 31, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाडौँ — ओमानमा भइरहेको आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा नेपालले क्यानडामाथि २४ रनको रोमाञ्चक जित हात पारेको छ  । पूर्वकप्तान रोहित पौडेलको शतकीय र गुलशन झाको महत्त्वपूर्ण इनिङ्सको मद्दतले नेपालले सिरिजमा विजयी सुरुआत गरेको हो  ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो  । नेपालका लागि कप्तान रोहित पौडेलले १२५ बलमा ८ चौका र १ छक्काको मद्दतले १०१ रन बनाए  ।रोहितको ओडीआई करियरमा यो तेस्रो शतक हो  । यसअघि उनले सन् २०२२ मा पिएनजीविरुद्ध १२६ र २०२५ मा युएईविरुद्ध १०९ रनको शतकीय इनिङ खेलेका थिए। त्यस्तै, गुलशन झाले ४८ रन, बसिर अहमदले ३० रन र अर्जुन कुमालले २३ रन जोडे   क्यानडाका बलर अखिल कुमारले ४ तथा सुख्जिन्द सिंहले ३ विकेट लिए  ।

२३६ रनको लक्ष्य पछ्याएको क्यानडा नेपाली बलरहरूको कसिलो बलिङका कारण ४८.४ ओभरमा २११ रनमै समेटियो  । क्यानडाका लागि एरोन जोनसनले सर्वाधिक ४४ रन, समित पटेलले ३५ रन र अखिल कुमारले अविजित ३० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्  । क्यानडालाई सस्तैमा समेट्न नेपालका बलरहरू नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट लिए  ।

नेपालले अब सिरिजको आफ्नो दोस्रो खेलमा आगामी मङ्गलवार घरेलु टोली ओमानको सामना गर्नेछ  ।

सम्बन्धित समाचार

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध पक्राउ पुर्जी जारी
एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध पक्राउ पुर्जी जारी
  • २०८३ आश्विन २५, १९: ५१

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको ठुलो आर्थिक अनियमितता, ठगी र खेल मिलेमतो प्रकरणमा जोडिएका अध्यक्ष पंकजविक्रम...

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
  • २०८३ आश्विन २५, १९: ५१

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने त्रिकोणात्मक शृंखलाका लागि १५ सदस्यीय राष्ट्रिय...

फिफा निलम्बनका कारण नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने
फिफा निलम्बनका कारण नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने
  • २०८३ आश्विन २५, १९: ५१

काठमाडौँ । फिफाको निलम्बन फुकुवा नभएपछि नेपालले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप गुमाउने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ...