विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने त्रिकोणात्मक शृंखलाका लागि १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।

सन्दीप लामिछानेको कप्तानीमा घोषित टोलीमा आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल र सन्दीप जोरा समावेश छन् । त्यस्तै, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्लले पनि स्थान पाएका छन् ।

हालै सम्पन्न एसिसी प्रिमियर कप जितेको टोलीबाट क्यानले केही परिवर्तन गरेको छ । चोटका कारण उक्त प्रतियोगिता गुमाएका नन्दन यादवले टोलीमा पुनरागमन गरेका छन् भने स्पिनर साहब आलमलाई पनि समावेश गरिएको छ । यता, हेमन्त धामी टोली बाहिरिएका छन् ।

स्टार ओपनर कुशल भुर्तेल भने यसपटक पनि एकदिवसीय टोलीमा अटाउन सकेनन् ।

यसैगरी अनुभवी खेलाडी सोमपाल कामी, आरिफ शेख र भीम सार्कीले पनि टोलीमा स्थान बनाउन सकेका छैनन् ।

ओमानमा हुने लिग–२ शृंखलामा नेपालले क्यानडा र घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ । यो शृंखला सन् २०२७ को एकदिवसीय विश्वकप छनोटको दृष्टिले निकै महत्त्वपूर्ण मानिएको छ ।

हाल नेपाल लिग–२ को अंक तालिकामा सातौं स्थानमा रहेको छ । नेपालले ३२ खेलबाट २४ अंक जोडेको छ । ओडिआइ मान्यता जोगाउन नेपाललाई आगामी खेलहरूमा राम्रो प्रदर्शन अनिवार्य देखिएको छ ।

लिग–२ अन्तर्गतको यो महत्वपूर्ण शृंखला अक्टोबर ७ देखि ओमानमा सुरु हुने तालिका छ ।

सम्बन्धित समाचार

लिग-२ क्रिकेट: रोहित पौडेलको सानदार शतकसँगै नेपालको विजयी सुरुआत, क्यानडा २४ रनले पराजित
लिग-२ क्रिकेट: रोहित पौडेलको सानदार शतकसँगै नेपालको विजयी सुरुआत, क्यानडा २४ रनले पराजित
  • २०८३ आश्विन १६, ११: ५०

काठमाडौँ — ओमानमा भइरहेको आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा नेपालले क्यानडामाथि २४ रनको रोमाञ्चक जित हात पारेको छ  ।...

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०८३ आश्विन १६, ११: ५०

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०८३ आश्विन १६, ११: ५०

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...