एमाले स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक, १० जना केन्द्रीय सदस्यमा मनोनीत – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

एमाले स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक, १० जना केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटीको प्रथम बैठकले १० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्नेदेखि वडा तथा पालिका अधिवेशनको मिति तय गर्ने र राष्ट्रिय भेला आयोजना गर्नेसम्मका निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ गतेदेखि तीन दिनसम्म बसेको बैठकले संगठनात्मक गतिविधि र पार्टीका विभिन्न कमिटीसम्बन्धी निर्णय गरेको हो ।

बैठकले आगामी मङ्सिर २६ गते वडा कमिटीहरूको अधिवेशन र पुस ४ गते गाउँपालिका तथा नगरपालिका कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै, आगामी मङ्सिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गरिने भएको छ ।

राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन् । पालिका तथा वडा अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले पार्टीको केन्द्रीय कमिटीमा १० जना सदस्य मनोनीत गर्ने निर्णय गरेको छ । मनोनीत हुनेमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथ प्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नविन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) रहेका छन् ।

त्यसैगरी, मधेश प्रदेशसभामा एमालेकी समानुपातिक सांसद जैनब खातुनको निधनपछि रिक्त रहेको स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय बैठकले गरेको छ ।

पार्टी अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा सम्बन्धित जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोक्ने र सम्बन्धित कमिटीलाई संगठन कमिटीमा रूपान्तरण गरी माथिल्लो कमिटीबाट अनुमोदन गराउने निर्णयसमेत बैठकले गरेको छ ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन: सानेपामा उपसभापति र महामन्त्रीको मतगणना जारी
कांग्रेस महाधिवेशन: सानेपामा उपसभापति र महामन्त्रीको मतगणना जारी
  • २०८३ आश्विन २४, १९: ३४

काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी रहेको छ । सानेपास्थित पार्टीको केन्द्रीय...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ आश्विन २४, १९: ३४

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

आइतबारदेखि काठमाडाैंका ६ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने
आइतबारदेखि काठमाडाैंका ६ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने
  • २०८३ आश्विन २४, १९: ३४

काठमाडौं : ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले आइतबारदेखि उपत्यकाका छ स्थानमा विभिन्न १३ वटा कम्पनीका ग्यास साटफेर...