
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन् । उनले सिम्रन खड्कासँग विवाह गरेका हुन् । रोहितले आफ्नो आधिकारिक फेसबुकमार्फत विवाहका तस्बिर सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएका हुन् । उनीहरूको विवाह थाइल्यान्डमा सम्पन्न भएको जनाइएको छ ।
रोहितले विवाहका तस्बिर सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा उनलाई बधाई तथा शुभकामना दिनेहरूको क्रम बढेको छ ।
कर्णाली । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशले फराकिलो जित निकालेका...
सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ। आज पुरुष फुटबल, महिला क्रिकेट, महिला बास्केटबल, टेनिस...
सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलका प्रतिस्पर्धात्मक खेल आजदेखि सुरु हुँदैछन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कर्णाली प्रदेश...