दसैंघरमा राखियो जमरा – Naya Bikalpa
October 12, 2026, Monday      Epaper

दसैंघरमा राखियो जमरा

काठमाडौं : काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा विधिवत रूपमा जमरा राखिएको छ । आइतबारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिएको हो ।

हनुमान ढोकास्थित दसैंघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत ११ः४७ बजे जमरा राखिएको छ । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ ।

दसैंको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैंघरमा जमरा छर्ने गरिन्छ ।

घटस्थापना गर्दा पूजाकोठा वा दसैं घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ ।

नवरात्रीभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजार्चना गरिन्छ ।

सम्बन्धित समाचार

बूढीगण्डकी बाढीले उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन
बूढीगण्डकी बाढीले उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन
  • २०८३ आश्विन २५, १२: ४२

गोरखा : उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन् । सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बूढीगण्डकी बाढीले क्षति पुर्‍याएका...

लगानी भित्र्याउन क्रियाशील रहने प्रस्तावित राजदूत पाण्डेको प्रतिबद्धता
लगानी भित्र्याउन क्रियाशील रहने प्रस्तावित राजदूत पाण्डेको प्रतिबद्धता
  • २०८३ आश्विन २५, १२: ४२

काठमाडौं : भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा बदलेर नेपालमा लगानी र प्रविधि भित्र्याउन आफू...

घेराबन्दी अझै सकिएको छैन : ओली
घेराबन्दी अझै सकिएको छैन : ओली
  • २०८३ आश्विन २५, १२: ४२

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथिको राजनीतिक घेराबन्दी अझै जारी रहेको बताएका छन् । सोमबार च्यासलस्थित पार्टी...