प्रस्तावित राजदूत थापाविरुद्ध संसदीय समितिमा उजुरी – Naya Bikalpa
October 12, 2026, Monday      Epaper

प्रस्तावित राजदूत थापाविरुद्ध संसदीय समितिमा उजुरी

काठमाडौं : जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दर्ता गरिएको छ ।

जापानमै बसोवास गर्दै आएका अरुण पराजुलीले इमेलमार्फत उजुरी दर्ता गराउँदै थापासँग जापानको स्थायी आवासीय अनुमति (पीआर) रहेको, घर सम्पत्ति भएका कारण स्वार्थको द्वन्द्व हुने र राजनीतिक प्रभावका आधारमा सिफारिस गरिएको दाबीसहित उनको नाम अनुमोदन नगर्न माग गरेका हुन् ।

संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा समिति सचिव तुलबहादुर कँडेलले पढेर सुनाएको उजुरीअनुसार थापाले सन् २०१८ मा जापानको स्थायी आवासीय अनुमति प्राप्त गरेको र कानागावा प्रिफेक्चरमा आफ्नै घर रहेको विवरण सार्वजनिक रूपमै स्वीकार गरेका छन् ।

परराष्ट्र मन्त्रालयले राजदूत पदका लागि तोकेको कार्यशर्त (टीओआर) मा कुनैपनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति नभएको व्यक्ति हुनुपर्ने अनिवार्य व्यवस्था रहेको उल्लेख गर्दै उजुरीकर्ताले थापाको उम्मेदवारी मापदण्डविपरित रहेको दाबी गरेका छन् ।

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०८३ आश्विन २६, १२: ०८

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह
पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह
  • २०८३ आश्विन २६, १२: ०८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताएका छन् ।...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ आश्विन २६, १२: ०८

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...