काठमाडौं । मन्त्री भएको पहिलो दिन नैं कर चुहावटको मुख्य बिन्दु नै सफा गर्ने घोषणा गरेका यूवराज खतिवडाले अर्थ मन्त्रालयसँग सम्वन्धित महत्वपूर्ण निकायहरूमा नेतृत्व परिवर्तन गरिरहेका छन् ।
यसअघि भन्सार विभाग र ठूला करदाता कार्यालयका प्रमुख परिवर्तन गरेका डा. खतिवडाले आन्तरिक राजश्व विभाग र महालेखा नियन्त्रकको कार्यालयका महानिर्देशक र सहमहालेखा नियन्त्रक परिवर्तन गरेका छन् ।
डा. खतिवडाले मन्त्रिस्तरीय निर्णय गरेर आन्तरिक राजश्व विभागका महानिर्देशक किशोरजंग कार्कीलाई अर्थ मन्त्रालय तानेका छन् । त्यस्तै कार्र्कीको स्थानमा महालेखा नियन्त्रण कार्यालयका सहमहालेखा नियन्त्रक विष्णु नेपाललाई सरुवा गरिएको छ । राजस्वमा सबैभन्दा शक्तिशाली निकाय आन्तरिक राजस्व विभागका महानिर्देशक हुन्छन् ।
तत्कालिन महानिर्देशक चुडामणी शर्मा भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेपछि तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले किशोरजंग कार्कीलाई महानिर्देशक बनाएका थिए । तर, नयाँ अर्थमन्त्रीमा डा. खतिवडा आएसँगै उनी मन्त्रालयमा तानिएका छन् ।
नेपालले विभागका काम सुरु गरिसकेका छन् । अर्थमन्त्रीमा पदबहालीभएसँगै नेपाल राष्ट्र बैंकमा कार्यरत डा. खतिवडाका ज्वाईँ डा. रामशरण खरेललाई प्रमुख सल्लाहकारको रुपमा मन्त्रालयलय भित्र्याइएको थियो । नेपालको स्थानमा भने मन्त्रालयबाट सुशिल पाण्डेलाई पठाइएको छ ।
अर्थमन्त्रालयको प्रशासन शाखामा रहेका पाण्डे सहमहालेखा नियन्त्रकको रूपमा महालेखा नियन्त्रणको कार्यालयमा पुगेका छन् । अर्थमन्त्रीमा पदबहाली भएसँगै नेपाल राष्ट्र बैंकमा कार्यरत डा. खतिवडाका ज्वाईँ डा.रामशरण खरेललाई मन्त्रालयको प्रमुख सल्लाहकारको रूपमा मन्त्रालय भित्र्याइएको थियो । मन्त्रिपरिषद् निर्णयबाट खतिवडा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा कार्यरत राजन खनाललाई अर्थ सचिवको रूपमा मन्त्रालय भित्र्याउन सफल भएका थिए ।
मन्त्री डा. खतिवडाले केहीदिन अघिमात्रै भन्सार विभागको महानिर्देशक जगदीश रेग्मीको स्थानमा तोयम रायलाई सरुवा गरेका थिए । त्यस्तै, ठूला करदाता कार्यालयमा गंगाराम गेलालको ठाउँमा धनीराम शर्मालाई सरूवा गरेका थिए । राय अर्थमन्त्रालय अन्तर्गत भन्सार र आन्तरिक राजस्व विभागमा थिए भने शर्मा काठमाडौं महानगरपालिकामा कार्यरत थिए ।
अर्थमन्त्री डा. खतिवडा ठूला करदाता कार्यालय, आन्तरिक राजश्व विभाग तथा भन्सार विभागको कार्य प्रगतिबाट सन्तुष्ट हुन नसकेको कारण नेतृत्व परिवर्तन गरिएको मन्त्रालय श्रोतले बताएको छ । एकातर्फ बजेट घाटामा रहेको र अर्काेतर्फ अपेक्षित राजश्व उठ्न नसेको सन्दर्भमा डा. खतिवडाले महत्वपूर्ण निकायको नेतृत्व नै परिवर्तन गरेका हुन् ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...