
नयाँ विकल्प,
काठमाडाैं- संसद बैठक र सरकार गठनबारे रणनीति तय गर्न नेकपाको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बाेलाएकाे छ । बैठक आज दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ।
साे समूहले बुधबार दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हाे । प्रतिनिधि सभा बैठक फागुन २३ गते बस्ने गरी सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गरेपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति तय गर्न बैठक बस्न लागेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो।
प्रधानमन्त्रीले असंवैधानिक काम गरेको भन्दै प्रचण्ड-नेपाल समूह प्रधानमन्त्रीले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने बताउँदै आएको छ। तर प्रधानमन्त्री ओलीले देशका विभिन्न ठाउँमा भएका सभाहरूमा पुगेर अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...