प्रचण्डलाई अध्यक्ष नदिए एकता भाँडिने
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकता दुवै पार्टीका शीर्ष नेताबीचको जुँगाको लडाईंले सम्भव हुन सकेन । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको दिन आइतबार मार्च २१ तारिखको अवसरमा दुवै पार्टीबीच एकता गर्ने घोष्णा भएको थियो ।
गत असोज १७ गते पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादीका नेताहरु यतिवेला भागबण्डा नमिलेकै कारण बारम्बार पार्टी एकताको घोषणाको मिति एकपछि अर्को गर्दै सार्दै आईरहेका छन् ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी र सरकारको नेतृत्व दुईमध्ये एक वा आफूपछि भए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिन नचाहँदा नैं पार्टी एकतामा अबरोध भएको बालुवाटार स्रोत वताउँछ । दुवै पार्टीका अध्यक्षहरू दैनिकजसो एकताको गाँठो फुकाउन गोप्य वार्तामा बसिरहेका छन्।
तर, एमाले र माओवादीका आ–आफ्नै ढिपीले गर्दा एकताको गाँठो फुक्न सकेको छैन । बाहिरतिर एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताइए पनि माथापच्चिको अन्तर्य अर्कै रहेको नेताहरू बताउँछन् । एकताका लागि दुवै दलका नेताहरू तयार छन तर, एकतापछिको ‘पावर सेयरिङ’को विषय गोप्य वार्ताहरूमा पनि टुंगिन सकेको छैन । माओवादीले एकतापछिको संगठनमा बराबरी हैसियत हुनुपर्ने माग राख्दै महाधिवेशन पछिको अध्यक्ष पदका लागि बार्गेनिङ गरिहेको छ ।
धेरै–थोरैको हैसियतमा पनि एकतामा जान तयार भएको माओवादीले महाधिवेशन पछिको पार्टी नेतृत्व आफूले पाउने प्रत्याभूति ओलीबाट लिन चाहन्छन् । माओवादी अध्यक्ष प्रचण्ड महाधिवेशनपछि एकिकृत पार्टीको अध्यक्ष बनेर संगठनमा आफ्नो प्रभुत्व जमाउन चाहान्छन । प्रचण्डको यो योजनाका विषयमा एमाले अध्यक्ष ओलीदेखि शीर्ष नेताहरूलाई थाहा नभएको भने होइन । एमाले नेताहरूले अहिले नै माओवादीलाई लिखित रूपमा महाधिवेशन पछिको अध्यक्ष दिन नसकिने बताउँछन् ।
पार्टी एकतापछि प्रचण्डले पार्टीको अध्यक्ष खोज्नुलाई माओवादीका अन्य नेताहरुले स्पस्ट पारेका छन् । उनीहरुले प्रचण्डले यस्तो सुरक्षा खोज्नु गलत नभएको बताएका छन् । ओलीले पनि आफ्नो सुरक्षा प्रचण्डलाई संगठनको नेतृत्व दिँदा नहोला भन्ने चिन्ता गरेका छन् ।
महाधिवेशन पछिको अध्यक्ष आफू हुनुपर्ने प्रचण्डको माग छ । उनी यसको प्रत्याभूति ओलीबाट लिखित रुपमै हुनु पर्ने पक्षमा छन् । तर ओलीलाई भने एकतापछिको संगठनको नेतृत्व प्रचण्डलाई दिँदा आफू कमजोर र असुरक्षीत भइन्छ कि भन्ने मनोबिज्ञानले त्रस्त छन् ।
एमालेका अध्यक्षसहित अन्य पदाधिकारी पनि प्रचण्डको नेतृत्वमा पार्टी संगठन जिम्मा दिन हिच्किचाइरहेका छन् । एकताका लागि माओवादीबाट माग धेरै आएको एमाले नेताहरुको गुनासो हुने गरेको छ ।
अहिले दुई पार्टी एकताको विषय टुंग्याउने जिम्मेवारी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । गत मंगलबारबाटै उनीहरूले आ–आफ्नोतर्फबाट एकतालाई चाँडै टुंगोमा र्पुयाउने प्रयास गरिरहेका छन् । उनीहरू दैनिक छलफल गर्दै एकतालाई अघि बढाउने प्रयासमा छन्। तर, एकताप्रक्रिया भने अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन ।
दुवै अध्यक्षको बार्गेनिङका कारण एकता प्रक्रियाले गति लिन नसेकेको बताइएको छ । पार्टी संरचनामा दुवै पार्टीको बराबरी हिस्सा, चुनाव चिह्न र पार्टीको प्रस्तावनामा जनयुद्ध राख्नेरनराख्ने भन्ने बारेमा एकता प्रक्रिया अल्झिएको छ । यही विषयलाई दुई जनाको छलफलबाट टुंगो लगाउन अध्यक्षलाई संयोजन समितिले जिम्मेवारी सुम्पिएको थियो ।
दैनिक जसो एक अर्काबीच गम्भीर छलफल हुँदासम्म अहिलेसम्म एकता प्रक्रियाको ठोस निर्णय आउन सकेको छैन । एकताको मिति पटक–पटक तय भए पनि तोकिएको मिति टर्ने गरेको छ । एकता पछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष को बन्ने भन्ने विषयमा कुरा अल्झिएको प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली निटक स्रोतको दाबी छ ।
एकता पछि पार्टीको अध्यक्ष ओली र प्रचण्ड दुवै बन्ने सहमति भइसकेको छ । तर, पार्टीको महाधिवेशनपछिको अध्यक्ष को बन्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताको महाधिवेशनपछि पनि अध्यक्षको ग्यारेन्टि खोजेको स्रोतको दाबी छ । ‘चुनावबाट अध्यक्ष छान्ने व्यवस्था भएको हुँदा एमालेले अहिले नै प्रचण्डलाई अध्यक्ष लेखेर दिने अवस्था छैन,” स्रोतले भन्यो, ‘ओली र माधव नेपालले एकतापछिको अध्यक्षको ग्यारेन्टी गर्नुपर्छ भन्ने माग प्रचण्डको छ।”
अन्य विषयमा धेरै असमझदारी नरहेको प्रधानमन्त्री तथा एमाले अध्यक्ष निकट स्रोत बताउँछ । ‘अन्य विषयमा त खासै विवाद छैन, प्रस्तावनामा जनयुद्ध राख्नेरनराख्ने भन्ने विवाद हो,” स्रोतले भन्यो, ‘यो विषय नमिल्ने भन्ने कुरा छैन, सामान्य कुरा हो ।” माओवादीका नेताहरूले भने प्रचण्डले उठाएको विषय स्वभाविक भएको बताउँछन । माओवादी केन्द्रका नेता पौडेले आफू पनि सुरक्षित हुनका लागि प्रचण्डले एकतापछिको अध्यक्ष मागेको बताए । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले माओवादी जनयुद्ध स्वीकार नगर्दा एकता प्रक्रियाले गति लिन नसकेको चर्चा पनि सुरु भएको छ । जनयुद्धका कारण माओवादीलाई हेर्ने दृष्टिकोण अझै पनि फरक रहेकोले जनयुद्धलाई स्वीकार गरेर अघि बढ्न नसकिने सन्देश ओलीले दिएका छन् ।
पार्टी संरचनाका विषयमा पनि माओवादीले भनेको बराबरी भाग गर्न नसकिने एमालेको सन्देश छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६०र४० मा बागबन्डा गरे पनि ७०र३० को अनुपातमा नतिजा आएकोले सोही अनुसार गर्नुपर्ने एमालेले बताउँदै आएको छ ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...