गुरुराज घिमिरे–कांग्रेस केन्द्रीय सदस्य
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । निर्वाचनको समिक्षा गर्न भन्दै बसी रहेको बैठक निर्वाचनको समिक्षा भन्दा पनि एक आपसमा दोषारोपण गरेर उम्कन खोज्दै गर्दा बैठक लम्बिएको हो । महाअधिवेशनको दुई महिनासम्ममा पदाधिकारी चयन हुनुपर्नेमा दुई वर्षसम्म पनि हुन सकेको छैन । आपसी मत मतान्तर साम्य हुने लक्षण देखिदैन ।
निर्वाचनमा नराम्ररी पछाडी पर्दाको चुरो फेला पार्नु साटो पदाधिकारी चयनमा नै तल्लीन रहेका छन् । यसै विषयमा कांग्रेस नेता गुरुराज घिमिरे सँग गरिएको कुराकानी तथा सरकारले हालै सिन्डिकेट प्रणाली खारेज गरेको सन्दर्भमा सरकार र व्यवसायीबीच भएको टकरावलाई सरकारले कसरी व्यवस्थापन गर्दैछ भनेर समसामयिक विषयमा केन्द्रीत रहेर भौतिक तथा यातायात मन्त्री रघुवीर महासेठस“गसँग पत्रकार ऋषि धमलाले गरेका कुराकानीको सम्पादीत अंश ः
जारी केन्द्रीय समिति बैठकले कांग्रेसको द्धन्द्ध व्यवस्थापन गर्न सक्छ ?
आन्तरिक द्धन्द्ध व्यवस्थापन नगरिकन हामीसँग अरु कुनै विकल्प नै छैन । त्यसैले अहिलेको अवस्थामा हामीले आन्तरिक द्धन्द्ध व्यवस्थापन गर्नैपर्छ । अहिलेको हाम्रो प्रमुख जिम्मेवारी भनेकै आन्तरिक विावदको अव्यवस्थालाई हटाउने पार्टीभित्र देखिएका कतिपय विषयको मत मतान्तरलाई हामीले यो बैठकमा अन्त्य गर्ने सोंच बनाएका छौं ।
यसो भनिरहँदा पार्टीभित्रको गुट–उपगुट कसरी व्यवस्थापन हुन्छ ? ने.वि. संघमा देखिएको गुटवादलाई कसरी हेर्नुहुन्छ ?
हाम्रो अहिलेको वैधानिक संरचना परिवर्तन भएको छ । राज्यको संरचना समेत परिवर्तन भएपछि हाम्रा ने.वि. संघका धेरै वटा निकायहरु खडा भएका छन् । जस्तै केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समिति देशभरी ने.वि. संघको स्थापना दिवस मनाइयो ।
त्यस अन्तर्गत काठमाडौंमा पनि केन्द्रीय समितिले, प्रदेश समितिले, जिल्ला समितिले र क्याम्पस इकाइहरुले विभिन्न ठाउँमा मनाउदाखेरी धेरै ठाउँमा मनाएको जस्तो देखियो यो अवैधानिक काम पक्कै पनि होइन । यसलाई गुट–उपगुटको संज्ञा दिनु भएन । धेरै ठाउँमा कार्यक्रम हुँदा नेताहरु विभाजित हुनुभएको जस्तो मात्र देखिएको हो ।
तर काठमाडौंमा नै दुई ठाउँमा कार्यक्रम गरिए नि ?
हो, त्यो एउटा केन्द्रीय समितिको भयो, अर्को प्रदेश समितिको भयो । समितिहरु अलग अलग छन् नि त । पार्टी भित्रको भावनात्मक कुरा पार्टी भित्रको बृहत एकताको कुरा, यिनै औपचारिक कार्यक्रमहरु भएर अलि टाढिएको र गुटबन्दी बढेको हो की भन्ने देखिएको कुरा चाँही सत्य हो । तर यी समितिहरु वैधानिक समितिहरु हुन् यिनीहरुले अलग अलग कार्यक्रम गर्दा यो अवैधानिक हुँदैन । पार्टीले जुन नियमित रुपमा गर्ने कामहरु छन् एकताबद्ध रुपमै गर्नुपर्दछ । नेताहरुमा मेलमिलाप कायम हुनुपर्छ ।
पार्टीका संरचनाहरुले देशभरी काम गरिराखेका हुन्छन् । ने.वि. संघका जुन विभिन्न संरचनाहरु छन् त्यसप्रति त आफ्नो दायित्व पुरा गर्नैप¥यो नी । वी.पी स्मृति दिवस काठमाडौंमा एकै दिन दश ठाउँ मनाइ राखेका हुन्छन् । तर पार्टी नेतृत्व सभापति वरिष्ठ नेता आउने ठाउँमा अथवा पदाधिकारीहरु कार्यक्रममा छन् भने कार्यक्रम भरसक एकै ठाउँमा गर्दा राम्रो हुन्छ । तर पनि विभिन्न ठाउँमा भएका कार्यक्रमहरुलाई अन्यथा भन्न मिल्दैन ।
पार्टीका नेता प्रकाशमान सिंहले ने.वि. संघ विधिसम्मत रुपमा चलेन भनिराख्नु भएको छ नि ?
संस्थागत रुपमा संचालन गर्ने कुरामा त ने.वि. संघ मात्रै होइन पार्टीदेखि लिएर अरु भातृसंस्थाहरु समेत विधिसम्मत रुपमा चलेका छैनन् नि । संस्थागत संचालन गर्ने, परिचालन गर्ने क्रममा कमजोरी अहिले भर्खरै सुरु भएको त होइन नी । यो कमजोरी झन बढ्दै गएकोमा चिन्ता मात्रै भएको हो । यि कमिकमजोरीहरु त परम्परागत देखि निरन्तर रुपमा अगाडि बढिराखेका छन् । अब यसलाई बढाउनु हुँदैन । अहिले हामी संकटले घेरिएका छौं, चुनौतिले घेरिएका छौं, निर्वाचन हारेका छौं । यो बेलामा हामीले अहिलेको यथार्थको धरातलमा उभिएर पार्टीलाई एकताबद्ध बनाएर जानुपर्छ ।
कांग्रेसमा युवापुस्ता सोखिन पुस्ता छन् भाषण मात्रै गर्ने खालको भन्ने आरोप छ नि ?
केही व्यक्तिहरु अथवा केही साथीभाइहरुको प्रवृत्तिलाई हेरेर समग्र पुस्तालाई दोषारोपण गर्न मिल्दैन ।
अहिले कांग्रेसमा युवा पुस्ताको योगदानको बारेमा बताउनुस् न ?
पार्टीकै काममा दिनरात वडादेखि केन्द्रसम्म खटिरहनु भएका युवाहरुको संख्या पनि धेरै ठूलो छ । त्यसैले पार्टीको चिन्तामा लागिरहेको युवा पुस्तालाई यसले केही गरेन भन्न पनि मिल्दैन । तर उच्च अपेक्षा राखेको हुनाले त्यो उच्च अपेक्षा अनुसार काम नगरेको अवस्थालाई हेर्दाखेरी चाँही वास्तवमा जति गर्न सक्नुपर्ने हो त्यति चाँही भएको छैन ।
त्यसको कारणमा पहिलो कुरा त नेतृत्वको दायित्व र जिम्मेवारी पनि हो । नीति निर्माणमा जसले प्रभाव राख्छ, जसको निर्णायक भूमिका छ, सुरुवात त्यहीबाट हुनुप¥यो । अब हामी चाँही नीति निर्णयमा प्रभाव नराख्ने, हामीले खाली दबाब दिने, सुझाव दिने मात्रै भएको हुनाले हामीले सम्पूर्ण काम गरेन भन्ने आरोप लगाउने र दोष भिडाउने ठाउँमा चाँही हामी छैनौं ।
हालैको कांग्रेसको केन्द्रीय समितिको बैठकमा तपाईहरुको एजेण्डा के हो ?
हामीले त एउटा सुझावपत्र नै तयार पार्ने भनेर तयार गरीराखेका छौं । नेपाली कांग्रेसको स्थापनादेखि आजका मितिसम्मको हाम्रो राजनीतिक यात्राको क्रममा हामीले गरेका संङ्घर्ष र हामीले प्राप्त गरेका उपलब्धिहरु, पार्टीभित्रका समस्याहरु, पार्टी भित्रका चुनौतिहरु र पार्टी बाहिरका बाह््य चुनौतिहरु, त्यसलाई सामना गर्नका निमित हामीले के–के तयारी गर्नुपर्छ र अगाडीको बाटो हाम्रो के हुन सक्छ त्यसका निम्ति हाम्रा विकल्पहरु के–के हुन सक्छन्, कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा हामीले सुझावपत्र तयार गर्दैछौं ।
त्यसोभए तपाईहरुको सुझावपत्र भित्र के–के समेट्ने प्रयास गर्नुभएको छ त ?
हो हामी पेश गर्छौ । यो बैठक अझै तीन चार दिनसम्म लम्बिन सक्छ । किनभने २०÷२५ जना नेताहरुले बोल्न बाँकी छ । उहाँहरुले बोलिसकेपछि मात्रै टुङ्गोमा पुग्ने हो फेरी पदाधिकारीको प्रस्ताव ल्याउने कुरा पनि छ । महासमितको बैठकदेखि लिएर महासमिति बैठकमा प्रस्तुत हुने एजेण्डा तय गरेर समितिदेखि लिएर विधानका अपूर्णतालाई मिलाउने अथवा विधान संशोधन वा परिमार्जन गर्नका लागि समिति बनाउने कुरा पनि छ । त्यसैले यि सबै काम गर्दा चार पाँच दिन जाला जस्तो छ । यो चार पाँच दिन भित्रमा हाम्रो सुझाव पत्र पनि आउँछ र अहिले देखिएका पार्टीभित्रको समस्या समाधान गर्ने उपायको खोजी गर्नेछौं ।
सभापति शेरबहादुर देउवाले गर्नुभएको काममा तपाइहरुको विमती छ की छैन त ?
विमती छ त, किन छैन ? पार्टी चलाउने तौरतरिका पार्टी जसरी संचालन परिचालन हुनुपथ्र्यो । त्यस नभएको कुराहरुमा विमति छ । त्यसमा कमिकमजोरी भएको छ । तर सभापतिको मात्रै होइन, त्यसमा वरिष्ठ नेता र महामन्त्रीहरुको पनि कमजोरी रह्यो । नीति निर्माणमा जो प्रभाव राख्छ, निर्णय प्रक्रियामा जो हाबी छ, जसको हातमा निर्णय प्रक्रिया छ, उहाँहरुको काम गर्ने तौरतरिकामा, कमजोरी भयो । जो २०४६ को परिवर्तनपछि सरकारमा जानुभयो, बारम्बार पार्टी नेतृत्वमा बसिराख्नु भएको छ, संसदमा जानुभयो, उहाँहरुको कामको परिणाम त हो नी अहिलेको अवस्था । त्यसो भएको हुनाले सबभन्दा बढी जिम्मेवार सभापति भएको हुनाले उहाँले नै लिनुपर्छ ।
त्यो संसारभरीको मान्यता हो, डेमोक्रेटिक पार्टीको । तर सभापतिलाई मात्र दोष दिएर हामी उम्कन सक्दैनौ । हाम्रो पनि जिम्मेवारी छ । मैले आफ्नो जिम्मेवारी आफुले पनि लिन्छु केन्द्रीय समितिको सदस्यको नाताले पार्टी कमजोर हुनुमा, भातृसंस्था कमजोर हुनुमा हामी पनि दोषी छौं । हाम्रो पनि कमजोरी छ तर निर्णय गर्ने ठाउँमा हाम्रो हात नभएको हुनाले, निर्णय प्रक्रियामा हामी संलग्न नभएको हुनाले, निर्णय प्रक्रियाको घेरा बाहिर भएको हुनाले हामी भन्दा बढी दोषी उहाँहरु हो । जो निर्णय प्रक्रियाको घेराभित्र हुनुहुन्छ । सभापतिदेखि लिएर वरिष्ठ नेता महामन्त्री उच्च पदस्थ नेताहरु जसले २०४६ सालपछि पार्टी डो¥याउनमा र संचालन गर्नमा प्रमुख भूमिका निर्वाह गर्नुभएको छ, उहाँहरु कै भूमिकाका कारण अहिले यो परणाम पाटीले भोग्नु परेको हो ।
कांग्रेसका युवा नेताहरु अर्लि महाधिवेशनको पक्षमा हुनुको कारण के हो त ?
होइन हामीले समय भित्रै महाधिवेशन गर्नुपर्छ भनेका हौं । विधानले दिएको चार वर्षे अवधि छ त्यो भन्दा बढी थपेर पाँच साँढे पाँच वर्ष बनाउन हुन्न भन्ने हाम्रो कुरा हो । तर चार वर्ष पनि नबिति अगाडी नै गयौं भन्ने होइन । सभापतिले मिलाएर लैजानु भयो भने त पाँच वर्ष नै जाला नि तर मिलाउनु चाँही प¥यो नि होइन र ?
चलचित्र समीक्षा सस्मिता पाठक काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...
Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.