अर्बपति व्यापारी चौधरीलाई पन्छाउँदै ओली – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

अर्बपति व्यापारी चौधरीलाई पन्छाउँदै ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्बपति उद्योगी विनोद चौधरीलाई बाइपास गर्न थालेका छन् । उनले अर्बपति व्यापारी चौधरीलाई आफ्नो तीन दिने औपचारिक भारत भ्रणमा समेत नराखेपछि दुईबीचको सम्वन्धलाईलिएर थुप्रै आशंकाहरु गर्न थालिएको छ ।

कतिपयले चौधरीले हालै एमालेलाई धोका दिएर काँग्रेसमा गएकै कारण ओलीले चौधरीलाई भ्रमण टोलीमा नराखेको आशंका गरेका छन् । काँग्रेस नेता र काँग्रेस निकट उद्योगी व्यापारी पनि ओलीको भ्रमणमा लगिए पनि चौधरीलाई भ्रमणमा सामेल गराएका थिएनन् ।

ओलीसँगको सम्बन्ध चिसिनु पुरानै कारण भएको जानकारहरु बताउँछन् । स्रोतका अनुसार आफुहरुसँग भएको ९ बुँदै सहमति कार्यान्वयन नगरेको र आलो पालो प्रधानमन्त्री बन्ने भद्र सम्झौता तोडेको भन्दै नेकपा माओबादी केन्द्रले सरकारबाट हात झिकेपछि, ओलीले बाध्य भएर २०७३ को साउन ८ गते राजीनामा दिए । राजीनामा दिएको एकसाता तिर ओलीले आफैं उद्योगपति विनोद चौधरीको मोबाइलमा धेरै पटक फोन गरे । चौधरीले फोन उठाएनन्। ओलीको अपेक्षा थियो चौधरीले कल ब्याक गर्नेछन ।

तर चौधरीले वास्ता गरेनन र आफुले गरेको फोन नउठाउने र कल ब्याक समेत नगरेपछि ओली चौधरीसँग साह्रै चिढिएका थिए । दोश्रो कार्यकालका लागि गत फागनु ३ मा ओली प्रधानमन्त्री नियुक्त भए । ओली फेरी प्रधानमन्त्री भएपछि उद्योगी व्यवासायीको टोली उनलाई सम्मान गर्न पुुग्यो । टोलीमा उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायत थिए । साथमा विनोध चौधरी पनि थिए । फुलमाला लगाइदिन गएका चौधरीले ओलीसँग हात मिलाउन खोजे ।

तर ओलीले हात दिएनन र अल्मल्याएका थिए । चौधरीले दोश्रो प्रयास गरे ओलीसँग हात मिलाउने। त्यो प्रयास पनि खेर गयो । त्यही बेला ओलीले पुरानो प्रसंग सम्झाए चौधरीलाई । आफुले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि फोन गर्दा किन नउठाएको भनेर । चौधरीले टार्ने प्रयास गरे । उनले आफु फेरी प्रधानमन्त्री बन्दैन भन्ने लागेर हो ? समेत भन्न भ्याएको स्रोतले बतायो ।

भारत भ्रमण गर्नुअघि ओलीको टोलीमा सामेल गराइनेहरुको सूची तयार भयो । ओलीले रुजु गर्न चाहे । सरसर्ती हेर्दै जाँदा ओलीले विनोध चौधरीको पनि नाम फेला पारे । सूची बुझाउनेलाई नजिक डाक्दै ओलीले औंलाले इशारा गर्दै चौधरीको नाम हटाउन भने । ती कर्मचारीले नबुझेको जस्तो गरेपछि, ओलीले बोलेरै नाम हटाउन आदेश दिए ।

विनोद चौधरी बाहेक अरु हुने भनेपछि, चौधरी ग्रुपका एमडी, उनकै छोरा निर्वाणलाई टोलीमा राखियो । यसअघि एमालेबाट सांसद बनेका चौधरी एकाएक काँग्रेस प्रवेश गरेको तुष मेट्न पनि ओलीले उनलाई भारत भ्रमण टोलीमा नराखेको अड्कल काट्न भने सजिलो छ ।

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०७५ बैशाख २०, ०६: १६

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७५ बैशाख २०, ०६: १६

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७५ बैशाख २०, ०६: १६

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...