
नयाँ विकल्प
काठमाडाैं- नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालयमा बसेको बैठक विना निष्कर्श सकिएको छ।
बैठकबाट बाहिरिएका नेपाल पक्षका नेता भिम रावलले ओली पक्षकले गरेका निर्णय फिर्ता नलिएसम्म ओलीले गरेका कुनैपनि निर्णय अमान्य हुने बताए । रावलका अनुसार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्षले कुनै जवाफ नदिएपछि बैठक कुनै टुङ्गाेमा पुग्न नसकेकाे बताए ।
उनले गत फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेका निर्णय आफूहरूले नमान्ने जानकारी बैठकमा गराइएको बताए। एकअर्काका कुरा सुन्ने बुझ्ने काम मात्र भएकाे नेताहरूले बताएका छन् । गत फागुन २८ मा ओलीले आफूपक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयनलगायत निर्णय गरेका थिए।
बैठकमा एमालेका बरिष्ठ नेता झलनाथ खनाल सहभागी भएनन् । बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, बिष्णु पौडेल र प्रदीप ज्ञवाली सहभागी छन्। नेता नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट सहभागी थिए ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...