कोरियामा अनलाईन फर्ममार्फत सदस्यता वितरण सम्पन्न – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

कोरियामा अनलाईन फर्ममार्फत सदस्यता वितरण सम्पन्न

सौल, दक्षिण कोरिया–नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाले कोरोना महामारीका बाबजुद संगठनको आधारभुत तत्व र बलियो आधार संगठनात्मक जगलाई बलियो बनाउने तथ्यांक “साधारण सदस्यता”को काम सफलताका साथ सम्पन्न गरेको छ ।

साधारण सदस्यता सम्बन्धी ब्यवस्था अन्तर्गत सजिलो सहज सबैलाई पहुँच हुने अनलाईन माध्यमबाट नेपाली जनसम्पर्क समितिको साधारण सदस्यता वितरण कार्य नयाँ बर्षको सुरुवात जनवरीदेखी मार्चको पहिलो हप्ता सम्पन्न गरेको छ ।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आगामी अधिवेशनको लागि नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशनअनुसार नेपाल कांग्रेसको क्रियाशील सदस्य नवीकरण तथा नयाँ क्रियाशील सदस्य वितरणका लागि वितरण समिति बनाएको छ ।

क्रियाशिल वितरण समितिमा सभापति आस्था विन्दु मल्लको संयोजकत्वमा उपसभापति जितेन्द्र महता, संगठन विभाग प्रमुख खेमराज देवकोटा, प्रेस विभाग प्रमुख रत्न लिन्थेप लिम्बू र विदेश विभाग प्रमुख कमल शाही सदस्य रहेका उक्त समितिले साधारण सदस्यता नै क्रियाशिल सदस्यता वितरण प्रकृयाको आधारभुत खुड्किलो भएको बताएको छ ।

क्रियाशील सदस्यको मापदण्ड तथा शुल्कअनुसार रितपूर्वक आएको निवेदन क्रियाशील सदस्यको फाराम नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सभापति आस्था विन्दु मल्लले प्रमाणित गरी केन्द्रमा सिफारिस गर्ने भएको छ ।

क्रियाशिल वितरण र अधिबेशनको प्रारम्भिक प्रक्रिया पूरा गरी लक्षित समयमा क्रियायाशिल सदस्यता नवीकरण जारी रहेसंगै नयाँ क्रियाशिल वितरण प्रक्रियामा रहेको छ ।

साधारण सदस्यताको तथ्यांक संगठनको आधारभुत तत्व र बलियो आधार तथा सोही आधारमा प्रवासमा कांग्रेसको विधि–विधानसंगै भातृ संगठनले आवश्यक संगठनात्मक कार्य गरी पार्टीको क्रियाकलापलाई चुस्त-दुरुस्त राख्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने आम दक्षिण कोरियामा रहेका जनसम्पर्क समितिसंग सम्बद्ध र नेपाली कांग्रेसमा आस्थावान सवैले यो कार्यसमितिले अत्यन्तै प्रभावकारी कार्य गरेको विचार राख्दै कार्यसमितिप्रति आभार ब्यक्त गरेका छन् ।

साधारण सदस्यता संस्थागत कार्य मात्र नभएर डाटा बेसमा संगठनलाई जिवन्त राख्ने बलियो आधार तय गर्दै उदाहरणीय कार्य भएको आम अग्रजहरुको भनाइ रहेको छ । यस कार्यमा सभापति आस्थाविन्दु मल्ल र कोषाध्यक्ष केपि चौलागाईले विशेष भुमिका निभाएको नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बताएको छ ।

यस कार्यमा केन्द्रिय कार्यसमितिका पदाधिकारी, विभागिय प्रमुख, केन्द्रिय सदस्य, क्षेत्रिय कार्यसमितिका सभापति लगायतका सदस्यहरू त्यस्तै जनसम्पर्क समितिमा आबद्ध अग्रज सम्पुर्ण व्यक्तित्वलाई सिङ्गो जनसम्पर्क समिति दक्षिण कोरियाले हार्दिक धन्यवाद दिँदै साधारण सदस्यता भर्ने सम्पुर्णलाई संगठन र पार्टीको सिद्धान्तलाई सिरोपर गरेर अगाडि बढ्न समेत अनुरोध गरेको छ ।

संगठनात्मक जगलाई बलियो बनाउने, महाधिवेशनको प्रारम्भिक कार्यका लागि अनलाइनमार्फत लोकतान्त्रिक पद्धतिमा विश्वास राख्ने लोकतन्त्रवादी र कांग्रेसीजनलाई जनसम्पर्क समिति दक्षिण कोरियाको विधानत साधारण सदस्यता वितरण गर्दै गर्दा एकातिर संस्थाको तथ्यांकको निक्र्योल अर्कोतर्फ क्षेत्रगत कार्य तर्जुमा बिज्ञानसम्मत रहने हुँदा थप कार्य गर्न सजिलो हुने समितिको ठम्याइ रहेको छ ।

साथै साधारण सदस्यताको नामावली सार्वजनिक गरिसकेको जनाएको छ । संगठनभित्र मतविमत लोकतान्त्रिक पद्धतिको स्वभाविक पक्ष हुन्, तर मतभेद हुन नहुने बताउँदै कांग्रेसप्रति आस्था राख्ने सम्पुर्णलाई एक ढिक्का भएर संगठनको हितको निम्ति दत्तचित्त भएर सकारात्मक सोंचका साथ सहयोगको लागि महामन्त्री कुमार थापाले हार्दिक अपिल समेत गरेका छन् ।

स्थापनाकालदेखि बिभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएको जनसम्पर्क समिति कोरियाले नेपाली कांग्रेसका केन्दिय नेताहरूसँगको अन्तरक्रिया कार्यक्रमदेखि, जागरण अभियान लगायतका सागंठनिक कार्यहरू क्रियाशीलताका साथ सम्पन्न गर्नुका साथै शैक्षिक सेमिनारदेखि लिएर, विविध कारणले कोरियामा रहदा अप्ठ्यारोमा परेका नेपालीहरू साथै नेपालमा कोरोनाको महामारीका कारण अफ्ठेरोमा परेकाहरुलाई पनि अभिभावकको रूपमा सक्दो सहयोग गर्दै आएको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ चैत्र ३, १४: ११

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ चैत्र ३, १४: ११

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ चैत्र ३, १४: ११

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...