ठेक्कामा सिण्डिकेट कायमै, प्रहरीको मौनता – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

ठेक्कामा सिण्डिकेट कायमै, प्रहरीको मौनता

गोरखा । यातायात क्षेत्रमा मौलाएको सिन्डिकेट अन्त्य गर्न सरकारले भएभरको ध्यान, शक्ति र समय खर्च गरेपनि ठेकापट्टामा देखिएको एकाधिकारवादी क्रियाकलापलाई भने सरकारले नियन्त्रण गर्न सकेको छैन् । निर्माण व्यवसायमा रहेको चरम सिन्किेटको नमूना शुक्रबार गोरखामा देखियो । अरुलाई टेण्डरमा निषेध गर्न जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका निर्माणसम्वद्ध संस्था नै दादागिरीमा उत्रिएको थियो ।

पालुङटार नगरपालिकाको कार्यालयमा शुक्रवार टेण्डर फारम दर्ता गर्न गएका व्यवसायीमाथि निर्माण व्यवसायी संघ गोरखाका अध्यक्ष बाबुराम श्रेष्ठ र महासचिव सूर्य भण्डारी नेतृत्वको टोलीले कुटपिट गरेको थियो । अभियुक्तहरुलाई प्रहरीको मिलेमतोमा भगाईएको छ । कुटपिटसँगै आफूहरुलाई चार घण्टा बन्धक समेत बनाएको पीडितहरुले बताएका छन् ।

‘१० बजे फारम दर्ता गराउन पालुङटार नगरपालिकाको कार्यालय पुग्दा नपुग्दै निर्माण व्यवसायी संघका अध्यक्ष श्रेष्ठले फोन गरेर बाहिर बोलाउनुभयो, बाहिर आएर भेट्दा यति ठूलो ठेक्का छ मिलेर जानुपर्छ भन्नुभयो, वल्र्ड वाइड कन्स्ट्रक्सनका राम थापाले भने, हामी फारम दर्ता गराउन गयौं, फारम बुझाउने ठाउँमा एक जना अर्को केटा बसिरहेको रहेछ, हामीलाइ संघबाट हो की बाहिरबाट हो भनेर सोध्यो, हामीले संघबाट होइन भनेपछि फारम दर्ता गराउन पाउनुहुन्न नहाल्नुस भन्यो ।

तर, आफूहरुले फर्म दर्ता गराएको उनले बताए । थापाकाअनुसार फारम दर्ता गरेसँगै संघका अध्यक्षले पुनः फोन गरेर कार्यालय नजिकैको होटलमा बोलाए । ‘फारम दर्ता गरेर अध्यक्ष श्रेष्ठले बोलाएको होटलमा गयौ, संघका अध्यक्ष, महासचिव सँगै अरु २० र २५ जना केटाहरु रहेछन कोठाभित्र लगेर चुक्कुल लगाए, अनि कसको अनुमति लिएर टेण्डर हाल्न आइस भनेर थर्काउदै कुटपिट गर्न थाले, पीडित थापाले भने । आफूहरुको मोवाइल समेत नियन्त्रणमा लिइएको उनले बताए ।

कुटपिटपछि टेण्डर र्फम फिर्ता लिने निर्णय गरे पनि निर्धारित समय सकिएकाले फिर्ता लिन नमिलेको कन्स्ट्रक्सनका हरि भट्टराइले बताए । ‘दिनको १२ बजे सम्म फारम दर्ता गर्ने सयम थियो, दिउँसो दुई बजे टेण्डर पार्ने भनिएको थियो, तर दश बजे हामीले फारम दर्ता गर्ने बित्तिकै होटलको कोठामा लगेर चार घण्टासम्म बन्धक जस्तै बनाए र कुटपिटसँगै अभद्र व्यवहार गरे, भट्टराइले भने । आफू स्थानीय भएर कुटपिट नगरे पनि थापालाई भने कुटपिट गरेको भट्टराइले बताए ।

निर्माण व्यवसायि संघले उनीहरुसँग फिरौती रकम माग गरेका थिए ।
‘१७ दिनसम्म हामी र हाम्रा केटाहरु आएर बसेको खाएको पैसा ले भन्दै फेरि दुई लाख रुपैयाँ फिरौती रकम माग गरे, उनले भने, ‘तर, हामीले ५० हजार मात्र दिन सक्छौ भन्यौ । कुटपिट गर्ने बिरुद्ध पीडितहरुले शुक्रवार इलाका प्रहरी कार्यालय ठाटीपोखरीमा उजुरी दिएका थिए । शुक्रबार निर्माण व्यवसायी संघका अध्यक्ष श्रेष्ठ र महासचिव भण्डारी बिरुद्ध उजुरी दिएका पीडितले शनिवार राजन सुनार, खुशी तामाङ, रोहन भट्टराइ र सन्दिप तामाङविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएका छन् ।

निर्माण व्यवसायी संघका अध्यक्ष श्रेष्ठले भने उनीहरु गैर व्यवसायी भएका कारण टेण्डर फारम दर्ता गर्न नदिएको बताए । ठेक्कामा यस्ता घटना सामान्य रहेको भन्दै उनी पन्छन खोजे । उजुरी परेकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पालुङटार नगरपालिका(वडा नम्वर ९ मा बन्ने वडा कार्यालय भवन र राधाकृष्ण बारपिर्के ग्रामिण सडक स्तरोन्नतीका लागी ठेक्का खुलेको थियो । ७८ लाखको भवन र ७७ लाखको सडक स्तरोन्तीका लागी ठेक्का आह्वान गरिएको हो ।

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०७५ बैशाख २४, ०७: ४८

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७५ बैशाख २४, ०७: ४८

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७५ बैशाख २४, ०७: ४८

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...