काठमाडौं । आफ्ना सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै आइएमई लिमिटेडले आइएमई कस्टमर÷प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरुलाई विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यो नयाँ व्यवस्था २०७५ साल वैशाख १९ गतेबाट सुरु भएको हो । बाजेको सेकुवा, चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौं फन भ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिंग, केक कोसेली, डल्ले, ह्विपील्यान्ड, कफी लाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, युजी बजार, भेलोसिटी एरिना र सीमी शो जस्ता स्थानहरुबाट यो सेवा उपलब्ध गराएको हो ।
यो सेवा लिनको लागि सेवाग्राहीहरुले बील जारि गर्नुपूर्व आफुले बोकेको आइएमई प्रिभिलेज÷कस्टुमर कार्ड देखाउनुपर्ने छ । आइएमई सेवाग्राहीहरूलाई सुविधा प्रदान गर्ने कार्यमा सहयोग गरिदिनु भएकोमा सम्पूर्ण व्यवसायीक साझेदारहरुलाई आइएमई लिमिटेड समेत दिएको छ ।आफ्नो स्थापना देखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ६० आइएमई सेन्टर सहित ७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत...
काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दुध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये...
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला...