काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतीपक्षी नेपाली कांग्रेसका नेताहरूसँग सामूहिक भेटवार्ता गरे । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने एक्लै भेटेका थिए ।
शनिबार अपरान्ह राजधानीको होटल हायतमा मोदीसँग कांग्रेस र माओवादीका नेताले भेटवार्ता गरेका हुन् । मोदीसँगको भेटमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव र नेताहरू विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र सहमहामन्त्री डा.प्रकाशशरण महत उपस्थित थिए ।
भेटमा सभापति देउवाले नेपाल भ्रमण गरेकोमा मोदीलाई धन्यवाद दिएका र मोदीले नेपाल भ्रमण सफल भएकोमा खुसी व्यक्त गरेका एक नेताले बताए ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...