प्रहरीले मास्क नलगाउनेलाई नियन्त्रणमा लिन थाल्याे – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रहरीले मास्क नलगाउनेलाई नियन्त्रणमा लिन थाल्याे


नयाँ विकल्प,


काठमाडाैं- प्रहरीले माक्स नलगाई सार्वजनिक स्थानमा हिडडुल गर्नेलाई नियन्त्रमा लिन थालेकाे छ ।

मास्क नलगाउनेहरूलाई राख्न प्रहरीले काठमाडौंका सडकमा ‘होल्डिङ जोन’ बनाएको छ। उपत्यकाका तिनै जिल्लामा यस्ता हाेल्डिङ जाेन प्रहरीले तयार गरेकाे छ ।

कीर्तिपुरमा मात्रै १५ ठाउँमा यस्ता ठाउँ बनाइएका छन्।नयाँ बजार, पाँगा दोबाटो, नगाउँलगायत ठाउँमा होल्डिङ जोन बनाइएको हो। समुदायक प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी केन्द्र कीर्तिपुरले मास्क नललाई हिँड्नेलाई कारवाही गर्न होल्डिङ जोन बनाएको हो।

मास्क नलगाई हिँड्नेलाई उक्त होल्डिङ जोनमा १५ मिनेटसम्म उभ्याइन्छ। होल्डिङ जोनमा राखेर सम्झाइ बुझाइ गरेर प्रहरीले छाड्ने गरेको छ। काठमाडौंमा पनि पछिल्लो समय कोरोना संक्रमित बढेका छन्।

आइतबार काठमाडौंमा मात्रै एक हजार एक सय जनामा कोरोना देखिएको थियो। भिडभाड कम गर्न काठमाडौं उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालयहरू पनि अत्यावश्यक कामबाहेक बन्द गरिएका छन्।

सम्बन्धित समाचार

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ बैशाख १३, ११: ५५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ बैशाख १३, ११: ५५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ बैशाख १३, ११: ५५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...