नेपालबाट ट्रान्जिट उडानमा रोक लागेपछि भारतले जारी गर्याे ट्राभल एडभाइजरी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेपालबाट ट्रान्जिट उडानमा रोक लागेपछि भारतले जारी गर्याे ट्राभल एडभाइजरी


नयाँ विकल्प,


काठमाडाैं- नेपालमा ट्रान्जिट भई तेस्रो मुलुकमा उड्न रोक लागेसँगै भारतले आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गर्दै सचेत गराएको छ ।

नेपालस्थित भारतीय दूतावासले मंगलबार आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गर्दै नेपालको निर्णयबारे जानकारी गराएको हो ।

अध्यागमन विभागले १५ वैशाखबाट लागु हुने नेपालमा ट्रान्जिट भई तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाउने निर्णय गरेको छ ।

अहिले भारतबाट उडानमा प्रतिबन्ध लागेका मुलुकमा नेपाल ट्रान्जिट भई भारतीय नागरिक विदेश जाने गरेका थिए । नेपाल सरकारले संक्रमण भित्रन सक्ने भन्दै नेपालमा पीसीआर परीक्षण रोक्ने देखि तेस्रो मुलुकमा उडान रोक्ने सम्मको निर्णय गरिसकेको छ ।

दूतावासले तोकिएको मितिपछि नेपालबाट तेस्रो मुलुकमा जाने गरी नेपाल नआउन सचेत गराएको छ ।

सम्बन्धित समाचार

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ बैशाख १४, १६: २५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ बैशाख १४, १६: २५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ बैशाख १४, १६: २५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...