कोरोनाबाट मंगलबार ५५ को मृत्यु, सात हजार ६६० संक्रमित थपिए,मृतक र संक्रमितको संख्या हालसम्मकै उच्च – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कोरोनाबाट मंगलबार ५५ को मृत्यु, सात हजार ६६० संक्रमित थपिए,मृतक र संक्रमितको संख्या हालसम्मकै उच्च


नयाँ बिकल्प,
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा मंगलबार हालसम्मकै सबैभन्दा धेरै ५५ जना संक्रमितको निधन भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार एकै दिन मृत्यु हुनेको संख्या ५५ भएको जनाएको छ ।

कोरोनाबाट सोमबार ३७ र आइतबार २७ जना संक्रमितको निधन भएको थियो । कोरोना भाइरसको संक्रमणबाट मंगलबारसम्म तीन हजार चार सय १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका सात हजार छ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।

१६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार पाँच सय ८७ र पाँच सय ७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार सात सय ९८ पुगेको छ ।

संक्रमित मध्ये ५५ हजार पाँच सय २० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार दुई सय ७८ जना रहेका छन् । मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कोरोना संक्रमण हुनेको संख्या मंगलबारसम्म नेपालमा तीन लाख ५१ हजार पाँच पुगेको छ । जसमध्ये दुई लाख ८७ हजार ७९० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार सात सय ७५ रहेको छ ।

मंगलबार रुपन्देहीमा ३६९ जना, कास्कीमा २४७ जना, मोरङमा २४६ जना, चितवनमा २२६ जना र दाङमा २०१ जना, बाँकेमा १९२, झापामा १७४, कैलालीमा १४०, सुनसरी र सुर्खेतमा १२४र १२४ जना, काभ्रेपलाञ्चोकमा ११७, पर्सामा ११२, धनुषामा १०४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

सम्बन्धित समाचार

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ बैशाख २१, १९: ३०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ बैशाख २१, १९: ३०

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ बैशाख २१, १९: ३०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...