
नयाँ बिकल्प,
काठमाडौं । राजधानीको कमलपोखरीस्थित अग्रवाल भवनमा कोभिड संक्रमितहरुको लागि क्वारेन्टीन र माइल्ड आइसोलेसन सेन्टर सोमबारबाट संचालनमा आएको छ ।
कोभिड–१९ को दोस्रो लहरले महामारीको रूप लिएको अवस्थामा स्वास्थ्य प्रवाहमा अहोरात्र खटिएका चिकित्सक तथा अग्रपंक्तिमा लागेका सेवामा खटिएकाहरुको लागि व्यक्तिगत स्वास्थ्य सुरक्षाका निम्ति “हामी जित्नेछौँ” भन्ने मन्त्र लिएर ‘क्वारेन्टीन र माइल्ड आइसोलेशन सेन्टर स्थापना र सञ्चालन’ गरिएको हो ।
हिन्दू स्वयंसेवक संघ नेपाल, अग्रवाल सेवा केन्द्र नेपाल, नेपाल चिकित्सक संघ, सेवा इन्टरनेशनल नेपाल र उपकार सेवा नेपालको संयुक्त प्रयासमा सञ्चालन गरिने उक्त क्वारेन्टीन सेन्टरको सोमबार उद्घाटन भएको हो । समारोहमा प्रसिद्ध हास्य कलाकार मदनकृष्ण श्रेष्ठको समेत उपस्थिति थियो ।
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...