विभिन्न संघसंस्थाले जारी गरेको प्रेस विज्ञप्ती – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

विभिन्न संघसंस्थाले जारी गरेको प्रेस विज्ञप्ती

मितिः २०७५÷०२÷०९
प्रेस विज्ञप्ति
उपरोक्त सम्बन्धमा यस संस्थाका केन्द्रीय अध्यक्ष तथा नयाँ विकल्प राष्ट्रिय साप्ताहिकका प्रधानसम्पादक श्री दामोदरप्रसाद दवाडीलाई उहाँको पत्रिका र नयाँ विकल्प डट कममा प्रकाशित समाचारको बिषयलाई लिएर आएको धम्कीप्रति यस संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ ।
‘अर्थमन्त्रीको गृह नगरमै अनियमितता छचल्कियो’ शीर्षकको समाचारलाई लिएर झापाको गौरादह नगरपालिका वडा नं १ का वडा अध्यक्ष नगेन्द्र भण्डारी र स्थानीय सडक उपभोक्ता समतिका अध्यक्ष देबेन्द्र खड्काले ज्यान मार्ने धम्की दिएको जानकारीमा आएको छ । सोही समाचारको विषयलाई लिएर पूर्वसभासद दिपक कार्कीले समेत समाचारको स्रोत खोल्न दबाब दिँदै नखोले राम्रो नहुने भन्दै धम्क्याएको कार्यको भत्सर्ना गर्दछौँ ।
उपभोक्ता समतिका अध्यक्ष खड्काले ‘राजा ज्ञानेन्द्रलाई त फालियो, तिमीहरु जस्ता पत्रकारलाई कहाँ फाल्नु पर्छ, हामीलाई थाहा छ’, ‘एक महिना भित्र काठमाडौं आएर देखाई दिन्छौं’ भनेर धम्की दिएका छन् । समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी गर्नुपर्ने कानुनी प्रावधानलाई वेवास्ता गरी पत्रकार दवाडीलाई धम्कि दिने कार्यको भत्सर्ना गर्दछौ । साथै सञ्चारकर्मीलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन र दोषीलाई कानुनी कारवाहीका लागि सरकारसँग माग गर्दछौं ।

भीष्मराज ओझा
(महासचिव)

 

 

प्रेस विज्ञप्ति

मितिः २०७५।२।९

लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष तथा नयाँ विकल्प राष्ट्रिय साप्ताहिकका प्रधानसम्पादक दामोदरप्रसाद दवाडीलाई सोमबार नयाँ विकल्प साप्ताहिकमा प्रकाशित र नयाँ विकल्प डट कममा प्रशारित समाचारको बिषयलाई लिएर झापास्थित गौरादह नगरपालिका वार्ड नं एकका वडा अध्यक्ष नगेन्द्र भण्डारी र स्थानिय सडक उपभोक्ता समितिका अध्यक्ष देबेन्द्र खड्काले ज्यान मार्ने धम्की दिएकोप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ।

‘अर्थमन्त्रीको गृह नगरमै अनियमितता छचल्कियो’ भन्ने समाचारमा गौरादह बजारदेखि बैगुनधुरा जाने सडक पिच गर्नको लागि ग्राभेल नगरेको र पुरानो पिचमाथि बालुवा हालेर सडक पिच गर्न खोजेपछि स्थानीयले बिरोध गरेको बिषयमा समाचार प्रकाशित भएपछि आत्तिएका वडा अध्यक्ष भण्डारी र उपभोक्ता समितिका अध्यक्ष खड्काले सम्पादक दवाडीलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

पूर्वसभासद दिपक कार्की र वडा अध्यक्ष भण्डारीले समाचारको स्रोत खोल्न दबाब दिँदै समाचारको स्रोत नखोले र संवाददाताको पहिचान नखोले राम्रो नहुने भन्दै धम्क्याएको दवाडीले बताएका छन्। खड्काले ‘राजा ज्ञानेन्द्रलाई त फालियो, तिमीहरु जस्ता पत्रकारलाई कहाँ फाल्नु पर्छ, हामीलाई थाहा छ । एक महिना भित्र काठमाडौं आएर देखाई दिन्छौं’ भनेर ज्यान लिने समेत धम्की दिएका हुन् ।

नेपाल प्रेस युनियन समाचार प्रकाशन भएकै आधारमा समाचार संस्थाहरुमा फोन गरि सम्पादक तथा अन्य पत्रकारको ज्यान लिने धम्की दिने कार्यको कडा शब्दमा निन्दा गर्दछ। आफ्नो कर्तुत लुकाउन पत्रकारहरुलाई धम्क्याउने कार्य लोकतान्त्रिक समाजमा स्विकार्य हुन सक्दैन। तसर्थ पत्रकारको ज्यान लिने धम्की दिने भण्डारी र खड्कालाई तत्काल कानुन बमोजिम कारबाही गर्न र पत्रकार दवाडीको जीउधनको सुरक्षा गर्न नेपाल प्रेस युनियन सरकारसँग जोडदार माग गर्दछ ।धन्यवाद।

अजयबाबु शिवाकोटी
महासचिव

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ जेष्ठ ९, ११: २६

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ जेष्ठ ९, ११: २६

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ जेष्ठ ९, ११: २६

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...