नेपालको पुरानो नक्सा छापेको पुस्तक जफत गर्न शिक्षा मन्त्रीको निर्देशन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेपालको पुरानो नक्सा छापेको पुस्तक जफत गर्न शिक्षा मन्त्रीको निर्देशन


नयाँ बिकल्प,

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानो नक्सा छापेर बिक्री तिवरण भएका पुस्तक जफत गर्न मातहतका निकाय र कार्यालय प्रमुखहरुलाई नर्देशन दिएका छन्।

केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि बुधबार मन्त्री श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेका पुस्तक जफत गर्न निर्देशन दिएका हुन्।

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को ८८औँ बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पुरानो नक्सा छापिएको पुस्तक प्रकाशन गर्ने र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए।

उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र निर्देशन अटेर गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।

‘देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्’, मन्त्री श्रेष्ठले मातहतका कर्मचारीलाई निर्देशन दिँदै भने।

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखेर नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने बताए भने पाठ्कक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गर्ने प्रकाशक र बिक्रेतामाथि कारबाही अघि बढाइने प्रतिवद्धता व्यक्त गरे।

मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिन र सूचीकृतमा परेका प्रकाशकको पुस्तक छपाइका लागि स्वीकृति दिन निर्देशन दिए। बैठकले विभिन्न विषयका कक्षा ६देखि ८ सम्मको पाठयक्रम स्वीकृत गरेको छ शिक्षा मन्त्रीको निजी सचिावालयले जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ जेष्ठ २६, १७: ०६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ जेष्ठ २६, १७: ०६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ जेष्ठ २६, १७: ०६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...