
नयाँ विकल्प,
काठमाडाैं- स्थानिय प्रशासनले काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी गरेकाे छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको छ।
हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने बारेमा छलफल चलिरहेकाे छ ।कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेको हुनाले यही परिस्थितिमा निषेधाज्ञालाई जारी राख्नुपर्ने धारणा छलफलमा उठेकाे छ ।
निषेधाज्ञा केही खुकुलो गरेपनि पुरै हटाउन अबस्था नरहकाे तिनै प्रमुख जिल्ला अधिकारीकाे धारणा रहेकाे छ । निषेधाज्ञा थप गर्दा निर्माणजन्य कार्यलाई निरन्तरता दिनुपर्ने बारेमा तिनै जिल्लाका प्रमुख जिल्ला अधिकार सहमत रहेका छन् ।
बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म बनाउने बारेमा छलफल भैरहेकाे छ ।
उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी गरिएको थियो। यो तीन दिनपछि सकिँदैछ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...